विपन्न घरपरिवारलाई सोलार वितरण


जुम्ला ः हिमा गाउँपालिकाले विपन्न घरपरिवारलाई सोलार वितरण गरेको छ । उज्यालो कार्यक्रम अन्र्तगत वडा नम्बर ४ का ६७ विपन्न घरपरिवारलाई २० वाटको सोलार अनुदानमा वितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार जलविद्युत आयोजना नभएका र अध्यारोमा रात विताई रहेका घरपरिवारलाई अनुदानमा सोलार वितरण गरिएको हो । यसले बालबालिकालाई पनि पठनपाठनमा सहज हुने गाउँपालिकाले अपेक्षा गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया