कोरोना संकटमा स्थानीय तहलाई क्यारेन्टाइन व्यवस्थापन सामग्री सहयोग



जुम्ला ः फैलिदो कोरोना महामारी भाइरसले मुलुक संकटमा परेका अवस्थामा राज्यका साझेदार निकाय गैर सरकारी संस्थाले हातेमालो गर्न थालेका छन् । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको अग्रपंतिमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिएका छन् । यिनै जनशक्तिसहित क्वारेन्टिनमा बस्ने नागरिकहरुलाई सुरक्षित बनाउनका लागि प्लान नेपाल र किर्डाक नेपाल जुम्लाले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
किर्डाक नेपाल जुम्लाले कर्णाली शिक्षा परियोजना अन्र्तगत यस्ता सामग्री सहयोग गरेको हो । बुधबार सुरक्षित स्वास्थ्य सामग्री र क्यारेन्टिन व्यवस्थापन सामान जिल्ला विपद व्यवस्थापन समिति मार्फत स्थानीय तहलाई हस्तान्तरण गरिएको किर्डाक नेपाल जुम्लाको जिल्ला संयोजक रेशम शाहीले बताए “उनले भने संकटमा राज्यलाई थप सहयोग पुगोस भन्ने उद्देश्यका साथ दाताहरुले सहयोग गरेका हुन् ।”
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने “अहिले राज्य संकटमा परेको छ । यस संकटबाट मुक्त हुनका लागि राज्यलाई सहयोग दाताहरुको आवश्यक परेका छ ।” सहयोगी दाताहरुले उपलव्ध गराएको सामग्री सहि सदुपयोग गरी कोरोना रोकथाम तथा नियन्त्रण गर्न टेवा पुग्ने उनले बताए ।
किर्डाक नेपाल जुम्लाले जिल्लाका एकीकृत क्वारेन्टाइनमा आवश्यक सुरक्षित स्वास्थ्य सामग्रीसहित क्वारेन्टिन व्यवस्थान गर्न सामान उपलव्ध गराएको हो । क्वारेन्टाइन व्यवस्थानका लागि पिपि फम, बेड, मास्क, स्यानिटाइजर, स्यानिटरी प्याड, साबुन लगायत २२ प्रकारका सामग्री उपलव्ध गराएको किर्डाक नेपल जुम्ला जनाएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि जुम्लामा मात्रै किर्डाक नेपालले २० लाख बराबरको सामग्री स्थानीय तहलाई हस्तारण गरेका जनाएको छ ।
यिनै सबै प्रकारका सामग्री यहाँका एकीकृत क्वारेन्टिन भएका स्थान कर्णाली प्राविधिक शिक्षालय, तातोपानी गाउँपालिका, तिला गाउँपालिका, हिमा गाउँपालिका र सिंजा गाउँपालिकालाई उपलव्ध गराएको हो । विशेषगरी क्वारेन्टिनमा सरसफाई होस र कोरोना संक्रम फैलिनबाट बच्नका लागि आवश्यक सामग्रीको व्यवस्थापन गरिएको जनाएको छ ।
यसैगरी किर्डाक नेपाल जुम्लाले प्लान नेपालको सहयोगमा कर्णाली प्रदेशका जुम्ला, कालिकोट र डोल्पा जिल्लाका क्वारेन्टिन व्यवस्थापनमा सहयोग गरी रहेको संयोजक शाहीले बताए ।
यसअघि वल्डभिजन ईन्टरनेश्नल नेपालको सहकार्यमा किर्डाक नेपाल, यहाँका स्थानीय तहलाई अत्याआबश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।
जोखिम मालेरै नियमित चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीको बाध्यतालाई मध्यनजर गर्दै यहाँका ८ स्थानीय तह मध्ये ५ स्थानीय तहलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो । चन्दननाथ नगरपालिका तथा गुठीचौर, पातारासी, तातोपानी, र तिला गाउँपालिकामा एक÷एक थान थर्मलगन र ६÷६ थान (पिपिई) हस्तान्तरण गरिएको किर्डाक नेपाल जुम्लाले जनाएको छ ।
विपन्न नागरिकलाई राहत उपलव्ध गराउनका लागि तिलामा ५० बोरा, गुठीचौरमा ३० बोरा र पातारासी गाउँपालिकामा ३० बोरा गरी करिब १ सय २० बेरा ३० किलो चामल उपलव्ध गराएको हो ।

तपाईको प्रतिक्रिया