कर्णाली पोष्ट दैनिक
जुम्ला ः जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संम्वेशिलता नअपनाई व्यापार व्यवसायी गर्ने जो कोहीलाई कारवाही गर्ने चितवानी दिएको छ । सोमबार बजार क्षेत्रमा माइकिङ गर्दै यस्तो चेतवानी दिएको हो ।
लकडाउन खुकुलोपछि जथाभावी व्यापार व्यवसायी खुलेर भिडभाब बढी हुन थालेपछि प्रशासनसहित सरोकारवाला निकाय उद्योग बाणिज्य संघ, पत्रकारलगायतको टोलीले व्यापारीलाई सुझाउदै यस्तो चेतवानी दिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने, प्रत्येक व्यापारीले आफ्नो पसल उद्योग अगाडी ढोकामा डारीको बार लगाउने, दुई मिटरको व्यक्तिगत दुरी कायम गर्ने, स्यानिटाइजर, मास्क अनिवार्य प्रयोग गर्ने जस्ता कुरालाई सुझाएको छ ।
त्यसैगरी अनाआवश्यक मानिसहरुको भिडभाड नगर्ने, अत्यावश्यक काम परेका व्यक्तिहरु मात्रै घर बाहिर निश्किने, सवारी साधन मोटरसाइकलमा एक जना व्यक्तिमात्र सवार गर्ने र सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने, अटोरिक्समा दुई जना व्यक्ति बाहेक अरुलाई सवार नगर्ने जस्ता कुरा सुझाएको छ ।
सुझाएका कुरा सवै बेवास्था गरी कोरोना संम्बेदनशिना नअपनाउने, जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड नअपनाउने जोकोही व्यक्ति तथा व्यापारीलाई संक्रमण रोग ऐन, स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही हुने पनि चेतवानी दिएको छ ।