सागर परियार ।
जुम्लाका स्थानीय तहले बुधबार एकै साथ नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् । यहाँको हिमा गाउँपालिका बाहेक एक नगरपालिका र ६ गाउँपालिकाले बुधबार बजेट प्रस्तुत गरेका हुन् । कृषि, स्वास्थ्य, रोजगारी तथा पूर्वाधारलाई मुख्य प्रथामिकता दिदै जुम्लाका स्थानीयतहले नीति र बजेट ल्याएको पाईन्छ । कोरोना महामहारीलाई मध्यनजर गर्दै कृषि स्वाास्थ्य सबै तहको मुख्य प्रथामिकतामा परेको छ । तर प्रथामिकता अनुसार बजेट भने निकै न्युन विनियोजन भएको समेत बृद्धिजीविले टिप्पणी गरेका छन् ।
सातौ गाउँसभा बाट यहाँको तातोपानी गाउँपालिकाले आगामी आव २०७७÷७८ का लागि ३९ करोड १३ लाख १५ हजार ७ सयको बजेट प्रस्तुत गरेको छ । कृषिलाई मुख्य प्रथामिकता दिदै बजेट ल्याएको तातोपानी गाउँपालिकाले व्यवसायी कृषि गर्ने ५० प्रतिशत अनुदान, सिप हस्तान्तरण,नमुना स्याउ बगैचा निर्माण,कृषिमा यान्त्रीकरण,विउ बैंक स्थापना लगायतका नीति ल्याएको तातोपानीका अध्यक्ष नवराज न्यौपानले बताए ।
त्यस्तै, कृषिमा १ करोड, स्वास्थ्यमा ५० लाख,सडकमा १ करोड,खानेपानीमा १ करोड, कोरोना विपद कोषमा ५० लाख जनता संग अध्यक्ष, उपाध्यक्ष कार्यक्रमका लागि १÷१ करोड लगायत शिर्षकमा प्रथामिकीकरणको आधारमा बजेट विनियोजन गरिएको तातोपानी गाउँपालिकाका उपाध्यक्ष ंगादेवि उपाध्ययाले बताईन् । उनका अनुसार तातोपानी गाउँपालिकामा संघबाट ३५ करोड ५३ लाख ३३ ७ सय, प्रदेशबाट २ करोड ९९ लाख ८२ हजार गरी जम्मा ३८ करोड बढी बजृट अनुदान आएको छ । \
जुम्लाका स्थानीय तहहरुले स्वास्थ्य, कृषि र रोजगारीलाई पहिलो प्राथमिकता राखेर आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका छन् । महामारीको चपेटमा परेको बेला स्वास्थ्य, कृषि, शिक्षा क्षेत्रमा सबभन्दा बढी बजेट विनियोजन गरी रोजगारी सिर्जनामा केन्द्रित भएको बताएका छन् ।
उता चन्दननाथ नगरपालिकाले भने ४७ करोड ५८ लाख ५८ हजार २ सय ५० को बजेट प्रस्तुत गरेको उपमेयर अस्पसरादेवि न्यौपानले बताईन् । उनले भनिन,“अहिले बजेट मात्रै डल्लो बजेट प्रस्तुत भएको बजेट छलफल पछि कुन योजनामा कति बजेट भन्ने थाहा हुन्छ ।” साथै, तिला गाउँपालिकाले ४० करोड १० लाख ९० हजारको बजेट प्रस्तुत गरेको उपाध्यक्ष विष्णुमाया बुढाले बताईन् ।
धेरै महोत्वकाङ्क्षी नीति कार्यक्रम नभई गर्न सकिने खनलका नीति अघि बढाइएको उनको भनाई छ । त्यस्तै सिंजा गाउँपालिकाले ३० करोड बढीको बजेट ल्याएको अध्यक्ष देवलसिंह रावलले बताए । उनले भने,“रोग र भोकबाट लडन सक्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याइएको छ ।
तर आम नागरिकले बजेट कार्यान्वयनका लागि आबश्यक सहयोग गर्नुपर्छ ।” विगतमा पूर्वाधार विकासलाई पहिलो प्राथमिकता बनाएको तिला गाउँपालिकाले हालको बजेट र नीतिमा कोरोना केन्द्रित भएको अध्यक्ष रतननाथ योगीले बताए । भने गुठिचौर गाउँपालिकाले ३३ करोड बढीको बजेट प्रस्तुत गरेको अध्यक्ष हरि बहादुर भण्डारीले बताए ।
उनका अनुसार कोरोनाको विषम्ु परिस्थितीलाई मध्यनजर गरी कृषि स्वास्थ्य रोजगारीलाई प्रथामिकता दिएर बजेट र नीति ल्याइएको छ । त्यस्तै कनकासुन्दरी र पातारासी गाउँपालिकाले मंगलबारनै बजेट र नीति प्रस्तुत गरेका छन् ।
जुम्लाका सबै स्थानीयतहले विगतको भन्दा पृथक खालको बजेट र नीति भने ल्याएका छन् । तातोपानी गाउँपालिकाका कार्यपालिका सदस्य आदिप्रसाद न्यौपानेले भने,“बजेट कार्यान्वयन सहि रुपमा हुन सकेको खण्डमा कोरोना संग जुद्न सकिन्छ । नीति र बजेट नया काम गर्ने शैली प्रबृत्ती पुरानै भएमा सृमद्धी भनेजतिबै सम्भव छैन् ।”
साथै वडासदस्य मु्न बहादुर डाँगीले पनि करोडौ खर्च गरी डिपिआर भएका योजनाहरुको कार्यान्वयन आगामी आवमा हुनै पर्ने सुझाब दिए । समग्रमा जुम्लाका स्थानीयतहले ल्याएको नीति र बजेटलाई प्रभावकारी कार्यान्वयन गरेमा यूवाले रोजगारी पाउने आर्थिक विकास पनि हुने आशा गरिएको छ ।