जुम्ला प्रशासनमा डिजिटल सुरक्षित आप्रवासन कक्ष



जुम्ला ः जिल्ला प्रशासन कार्यालय जुम्ला पछिल्लो समयमा प्रविधियुक्त सुचनामैत्री हुदै गएको छ । प्रशासनमा सहायता कक्ष, स्तनपान, कक्ष, खस भाषामा अडियो सेवा जेष्ठनागरिक तथा अपाङ्गमैत्री कक्षसहित डिजिटल बडापत्रको स्थापना गरी प्रविधियुक्त सुचनामैत्री बनाएको हो ।
त्यसैगरी कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय, सामाजिक विकास कार्यालय जुम्लाको सहयोगमा प्रशासनमा सुरक्षित अप्रवास कक्ष पनि स्थपना गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अगुवाईमा खसभाषामा बोलिने अडियो नागरिक वडापत्रलाई जिल्ला प्रशासन कार्यालयका सेवा सुविधाहरु डिजिटल विधिबाट अर्थात कम्प्यूटर नागरिक वडापत्र शुरुवात गरिएको हो ।
बिहीबार जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रमुख जिल्ला अधिकारी थापाले डिजिटल नागरिक वडापत्रको उद्घाटन गरेर सार्वजनिक सेवा प्रवाहमा सूचनाको पहुचमा सजिलो हुने बताए । उनले सो डिजिटल वोर्डमा “खसभाषाको अडियोमा सुनिन्छ र कम्प्यूटरमा देखिने” भएकाले सवै प्रकारका नागरिकहरुलाई सूचनाको पहुँच पुग्ने बताए । प्रमुख जिल्ला अधिकारी थापाले सेवा दिने सरोकारवाला निकायहरुले सेवाग्राहीका पिर पर्का बुझेर सजिलो बनाउने अवको सार्वजनिक सेवा प्रशासनको आवश्यकता रहेको बताए । प्रजिअ थापाले जिल्लाका सवै सरकारी कार्यालयहरुले सामान्य निवेदनको खाका देखि हेल्प डेक्स सम्मको व्यवस्था गर्नुपर्ने, सामान्य ईच्छाशक्ति बढाएर मुस्कान सहितको सेवा देखि सूचनामैत्री कार्यालयमा जोड दिन कार्यालय प्रमुखलाई निर्देशन गरे । उनले हाम्रो सानो ईच्छा शक्तिले नागरिकको सेवा प्रवाहमा सजिलो हुने भएकाले सृजनात्मक काम गर्न सुझाए ।
डिजिटल नागरिक बडापत्रमा भने कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र सामाजिक विकास कार्यालय जुम्लाको सहयोग गरेको छ । सोही अवसरमा सामाजिक विकास कार्यालयको सहयोग र रेडियो कणाली जुम्लाको समन्वयमा “सुरक्षित आप्रवासन कक्ष” समेत स्थापना गरिएको छ ।
सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्लामा डिजिटल सहायता कक्ष जिल्ला प्रशासनमै ठिक भएकाले यसको व्यवस्थापन गरिएको हो ।
यस अघि जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष, सहायता कक्ष समेत शुरुवात गरि सकिएको छ । यसैगरी जिल्ला प्रशासन कार्यालयको वेवसाईट र सामाजिक संजाललाई थप सक्रिए बनाईएको छ ।

तपाईको प्रतिक्रिया