बाँझो जमिन खनजोत गर्दै तातोपानीका किसान

सागर परियार ।


तातोपानी गाउँपालिका २ जर्मीका हर्केश दमाई यतिबेला बाँझो जगाा खनजोतमा जुटेका छन् । विगतका वर्षमा कालापहाड गएरै परिवारको खर्च चलाउने उनी यस वर्ष बाउ बाझेले बाझै छोडेको जमिनलाई उपभोग गर्न खानजोतमा जुटेका हुन् । कर्णालीमा बाझो जमिन नराख्ने प्रदेश सरकारको नीति अनुसार खनजोतका लागि निवेदन आह्वान गर्दा छनौटमा परेपछि हर्केश दमाई आजभोली बाझो जोत्नैमै बेस्थ छन् ।

त्यस्तै गोविन्द दमाई पनि विगतमा कालापहाड गएरै छोराछोरीको पढाई र खर्च जुटाउथे । उनी कालापहाड जान छोडेको २ वर्ष भयो । तर उनी पनि यसपाली बाँझो रहेको जमिन खनजोतमा जुटेका छन् । उनले भने,“बाझो जगाा जातेर रैथाने उत्पादन गर्ने सोचमा थिए । तर सरकारलेनै बाँझो जग्गा राख्न नपाईने नीति ल्याएर खनजोतका लागि छनौटमा पर्दा झनै उर्जा मिल्यो ।”कर्णाली सरकारको कृषि मन्त्रालयले खाद्य सुरक्षा उत्पादन विशेष कार्यक्रम (बाँझो जगा खनजोत) गर्न १७ लाख ७० हजार बजेठ पठाएको छ । एकिकृत खेती गरी उत्पादन बढाउन उन्नत बीउ समेत दिने भएकाले सबै बाझो जोत्न करिब १५÷२० जना लगाएर बाझो खन्न थालेको विर दमाईले बताए ।

करिब एक हेक्टर बाझो जमिनलाई खनेर एकिकृत खेती गर्ने तयारी छ । अधिकांश योजनाबाट लाभान्वित नहुने तातोपानी गाउँपालिका २ का विपन्न दलित किसानले पहिलो पटक बाँझो जगा खनजोत कार्यक्रम पाउँदा खुसीले पनि काम गरिरहेका छन् ।

कर्णाली राजमार्ग सञ्चालनमा आएसंगै घरआँगनमै खाद्यन्न आउन थालेपछि जग्गा जोत्न छाडेको थियौ । हर्केशले भने, “अहिले सरकारले बाँझो जमिन नराख्ने नीति ल्याएपछि हामी भरपुर उपयोग गर्न थालेका छौ । बाँझो रहेको जमिनमा गह्रा सुधार गरेर खेतिपाती गर्न उत्पादन बृद्धि गरी परनिर्भतालाइ अन्त्य गर्ने समेत उनको भनाई छ ।”

बाँझो जग्गा उपयोग नहुँदा कोरोना जस्तै धेरै संकट परेका बेला खाद्यन्न अभाव झेल्नु परिरहेको छ । साथै आवश्यक पोसिलो पदार्थ प्राप्त गर्न नसकिने भएकोले रैथाने बालीको उत्पादनका लागि बाँझो जग्गा खन्न थालिएको हो । भने, गाउँमा बेर्थै समय बिताएका यूवायूवतीले पनि रोजगारी पाएका छन् ।

एकिकृत कृषि गरिदंै
भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय कर्णाली प्रदेश र तातोपानी गाउँपालिकाको समन्वयनमा बाझो जग्गा खनजोत कार्यक्रम शुरु भएको हो । तातोपानी गाउँपालिका कृषि शाखा ंसंयोजक धर्मराज आर्चायले भने,“पालिकाभरीबाट परेका २२ निवेदन माथि स्थलगत अनुगन गर्दा १८ समुह मात्रै बाझो खनजोतका लागि छनौट गरिएको हो ।

गाउँमा पुगेर बाँझो जग्गा जोत्न प्रेरित गरेपछि किसान बाँझो जग्गा उपयोग गर्न जुटेको उनकको भनाई छ । बाँझो जग्गा खनेर यहाँको अनुकुलता र मौसम अनुसारको बाली लगाउन सकिने छ । यसका लागि जम्मा १७ लाख ७० हजार बजेट आएको छ । बाँझो जगाको क्षेत्रफल र कामदारको जिल्ला दररेटको आधारमा १८ वटै समुहलाई बजेट दिने सम्mौता भएको प्रमुख आर्चायको भनाई छ । खनजोत भए लगत्तै कोदो पापर, चिनो कागुनो,मकै, सिमिको उन्न्त विउ वितरण गरी खेती गरिने तयारी रहेको कृषि संयोजक आर्चायले बताए ।

किसानको आम्दानी बढ्ने र रैथाने बालीको संरक्षण हुने निश्चित छ । गाउँमा धमाधम बाँझो जग्गा जोत्न थालेपछि स्वदेश तथा विदेशबाट फर्किएकाहरुले रोजगारी पाएको अनुभुति गरेका छन् । सामुहिक खेती प्रणलीको विकास र साझेदारीमा काम गर्न सजिलो भएको स्थानीय य्ूवा मुकेश परियार बताउँछ ।

उता हिका गाउँपालिका पनि ्र५ लाखको लागतमा बाझो जगाा खनेजात कार्यक्रम शुरु गरिएको छ । यसअघि तिला गाउँपालिका ६ घोडेगाउमा पनि बाझो जगा खनेर व्यवसायीक फापर खेती भएको थियो । भने यसपाली तातोपानी गाउँपालिकामा १८ समुहबाट करिब एकजना भन्दा बढीले आफ्ना बाँझो जगाा खनजोत गर्दै छन् ।

कसैले बाझो राख्न पाउनन्
तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने स्थानीय सरकारले पनि बाँझो जग्गाको उपयोग गर्ने नीति लिइएको बताउँछन् । उनले भने,‘अब कसैले पनि जग्गा बाँझो राख्न पाउनेछैनन् । बरु बाँझो जग्गा खनेर खेति गर्नेलाई हौसला र उत्प्रेरणा दिने काम स्थानीय सरकारले गर्ने छ ।थप अनुदान देखि उन्न्त जातको विउ पनि दिन्छौ तर किसानले बाझो खनेर व्यवसायीक खेती गरी उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

तातोपानी गाउँपालिकाले आगामी आवका लागि कृषिमा विनिायेजन गरेको १ करोड बजेट व्यवसायीक कृषिमा मात्र लगानी गर्ने उपाध्यक्ष गंगादेवि उपाध्ययाले बताइन् । साथै कर्णाली प्रदेश सरकारले पनि बाँझो जग्गा खनेर खेति गर्ने किसानलाई प्रोत्साहन दिने कार्यक्रम ल्याएको छ । भने कर्णाली भरी बाँझो जगा खनजोत कार्यक्रम शुरु भएको छ । सरकारी तथ्यांक अनुसार जुम्लामा १४ हजार र कर्णालीमा भरी ८२ हजार हेक्टर जमिन अहिले पनि बाँझै रहेको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस