जुम्लामा सलह देखिएपछि प्रशासनमा आकस्मिक बैठक, प्रतिकार्य योजना बनाइने


जुम्ला : जुम्लाको पूर्वी भेग पातारासी गाउँपालिका हुन्दै चन्दननाथ नगरपालिकामा पनि सलह किरा देखिएपछि यसको रोकथाम तथा नियन्त्रण र प्रतिकार्य योजना बनाउन थालिएको छ । कृषि तथा खाद्य सुरक्षा समितिको जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको बैठकले सलह किरा नियन्त्रण तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेको हो ।
जुम्लामा सलह पुगेपछि बालीमा क्षति हुन नदिन प्रशासनमा आकस्मिक बसेको बैठकले यस्तो निर्णय लिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने “वैठकमा सलह किराको विषयमा कृषि विज्ञहरुसँगको राय, सल्लाह, सुझाबसहित क्षति कम गर्ने तयारी भईरहेको छ ।”
कृषि तथा खाद्य सुरक्षा समितिका संयोजक तथा कृषि कार्यालयका प्रमुख बालकराम देवकोटाले सलह किराको परिचय सहित यसले पु¥याउने क्षतिको बिषयमा कृषि बिज्ञहरुले सरोकारवालाहरुलाई जानकारी दिइने बताए ।
बैठकमा सलह किरा डोल्पा हुदै जुम्ला पुगेको उनले जानकारी दिए । उनले फिल्डमा समेत अनुगमन भईसकेकाले किसानहरु आफै बाजा बजाउने, थाल बजाउने र आगो बालेर भगाउने काम भईरहेको जानकारी दिए । जुम्ला पुगेको सलहले भने कुनै बालीमा बसेमा पुरै सखाप पार्ने गरेको बताए ।
स्याउ सुपरजोन जुम्लाका प्रमख तथा बरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीका अनुसार जुम्लामा आएको सलह लाखौको नभई हजारौँको संख्यामा रहेको छ । नेपालमा यसले खासै धेरै क्षति नपु¥याएको भएपनि तयारी हुनुपर्ने बताए । उनका अनुसार रातभरी केही गर्दैन विहान घाम लाग्ने बित्तिकै बाली खोज्दै जाने यसको विशेषता रहेको छ ।
अर्को कुरा नेपालमा आईरहेको सलह समुह छुट्दै आईरहेको र कमजोर हुदै गएको छ । कृषि अनुसन्धान कार्यालय जुम्लाका निर्देशक डा. तिर्थ रिजालले जुम्लामा ८ देखि १० हजारको संख्यामा सलह आईरहेको देखिएको बताए । उनले यसको उत्तम उपाए मेकानिकल उपाय रहेको जानकारी गरे । यसका साथै यो जता जान्छ त्यहाँ किसान र सरोकारवाला निकाय सचेत हुन जरुरी रहेको जानकारी दिए । विज्ञहरुले समेत बाजा बजाउने, आगोको धुवा बाल्ने र भगाउनु नै यसको उपाय भएको जानकारी दिएका छन् ।
जिल्ला कृषि विकास कार्यालयमा सलहको सूचना आदान प्रदान गर्न सूचना केन्द्र स्थापना गरिने भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । यसैगरी सूचना अधिकारीले सलहको अपडेटमा बढि अपडेट हुनुपर्नेछ ।
यसैगरी सलहको क्षतिबाट बच्न जिल्ला स्थित संचार माध्याममा सूचना प्रकाशन तथा प्रसारण गरिने, बिषयगत कार्यालयले योजना बनाएर अगाडि बढ्ने समेत जानकारी दिए । विशेषज्ञहरुको सल्लाह अनुसारनै स्थानीय सुहाउदो विधि पद्धति अनुसार रोकथाम जनचेतनाका कामहरु गर्नुपर्ने निर्णय गरिएको छ ।
प्रजिअ थापाले सलहबाट बाली जोगाउन एकातिर नागरिक र अर्कोतिर सरोकार निकायहरु समयमै सचेत हुन अनुरोध गरे । यसका साथै स्थानीय तहलाई बढि जिम्मेवारी बनाउन आवश्यक रहेको छ । अहिले जुम्लामा आएको सलहले धान, आलु, मकै, सिमि, स्याउमा समेत अहिले क्षेति पु¥याउन शुरु गरिएको छ । यहाँको पातारासी, गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाको पूर्वी भेगतिर बालीमा क्षति पु¥याउदै आएको छ ।
सलह किरा नियन्त्रण गरेर ल्याउनेलाई प्रति किलो रु दुई सय
यहाँको पातारासी गाउँपालिकामा सलह किराले मकै, गहुँ र आलु बारीमा क्षति पु¥याउन थालेपछि गाउँपालिकाले सलह नियन्त्रण गरेर ल्याउने व्यक्तिलाई प्रति किलो रु दुई सय रुपैया उपलव्ध गराउने निर्णय गरेको छ । बालीमा सलह किराबाट जोगाउन कृषक अहिले आफै लागी परेका छन् । जुम्ला अर्गानिक जिल्ला घोषित भएकोले रासायनिक विषादी प्रयोग गर्ने गरिएको छैन ।
अन्न बालीमा सलह किराले क्षति पु¥याउन थालेपछि गाउँपालिकाले सलह किरा नियन्त्रण गरेर ल्याउने जो सुकै व्यक्तिलाई प्रति किलो रु दुई सय रुपैया उपलव्ध गराउने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । उनले भने “सलह किरा नियन्त्रण गर्नका लागि गाउँपालिकाले यो विधि अपनाएको हो ।”
ठूलो मात्रामा सलह प्रवेश गरेकोले जुम्लाको स्याउ, मकै, उवा गहुँलगायतका रैथाने बालीमा क्षति पुगेको छ । किसान दैनिक रुपमा सलहबाट आजित भइसकेको गुनासो गर्छन्, हामीले सलह भगाउने उपाय बारे सचेत गराएका छौँ, रुपकले भने,‘ बिहान साँझ उड्न सक्दैन छोप्ने र मार्ने भन्दा अरु कुनै विकल्प छैन ।’
सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत खाएर नष्ट पारिदिन्छ । जेठदेखि असोजसम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १ सय ५० किलोमिटर भन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पु¥याउन सक्ने विज्ञहरु बताउन्छन् । भारतको विभिन्न प्रान्त हुँदै नेपाल भित्रिएको सलह किरा जुम्लामा पनि पसेको छ ।

तपाईको प्रतिक्रिया