लायन्स क्लबद्धारा प्रतिष्ठानलाई भिटिएम किट प्रदान


मानदत्त रावल


जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई अन्र्तराष्ट्रिय लायन्स क्लबले स्वाब संकलन किट (भिटिएम) प्रदान गरेको छ । लायन्स क्लब जुम्लाका अध्यक्ष गणेश रोकायाले बुधबार प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेलाई ८०० भिटिएम किट प्रदान गरेका हुन् ।
लायन्स क्लवका अध्यक्ष रोकायाका अनुसार फैलिदो कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सहज होस भनेर प्रतिष्ठानलाई क्लबले भिटिएम किट प्रदान गरेको सहयोग गरेको हो । उनले भने “क्लबले यस्तै विभिन्न सामाजिक सेवामुखि काम गर्दै आएकोले कोरोना भाइरस परीक्षण गर्नका लागि स्वाब संकलनमा सहजता पु¥याउन भिटिएम किट सहयोग गरिएको हो ।”
क्लबले देशभरका स्वास्थ्य संस्थामा सुरक्षित स्वास्थ्य सामग्रीदेखि यस्तै अन्य कोरोना भाइरस परीक्षणमा सहयोग गर्दै आएको अध्यक्ष रोकायाले बताए ।
प्रतिष्ठानका रजिष्ट्रार काफ्लेलेका अनुसार एक अर्काेका सहयोग हातहरुले नै गर्दा नेपाललगायत जुम्लामा पनि कोरोना भाइरसले भयानक रुपमा लिन नसकेको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई लायन्स क्लबलगायत थुप्रै संघ संस्थाले सहयोग गरेको उनले बताए ।
त्यसैगरी प्रतिष्ठानलाई अमेरिका नेपाल मेडिकल फाउण्डेसनले ४५ थान पिसिई सेट, हिमानी र सन्ध्या फाउण्डेसनले १० थान पिपिई सेट, किर्डाक नेपाल जुम्लाले हात धुने उपकरण, विश्व खाद्य कार्यक्रम सुरक्षित स्वास्थ्य सामग्रीसहित क्वारेन्टिनमा प्रयोग हुने सामग्री प्रदान गरी सहयोग रहेका छन् ।
यस्तै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि संघीय र प्रदेश सरकारले बजेटसहित स्वास्थ्य सामग्री पनि सहयोग गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।

तपाईको प्रतिक्रिया