प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आवेदन खुल्यो


विजय रावत, जुम्ला ः जुम्लाको हिमा गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को साउन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत संलग्न हुन चाहने इच्छुक व्यक्तिहरुका लागि आबेदन माग गरेको छ । गाउँपालिकाका १८ देखि ५९ उमेर समूहका बेरोजगार व्यक्तिले आवेदन दिन पाउने व्यवस्था गरिएको गाउँपालिका रोजगार संयोजक दिपेन्द्र पौडेलले बताए ।
सय दिनको उक्त रोजगार कार्यक्रमअन्तर्गत साउन ८ गतेदेखि भदौ ७ गतेसम्म निवेदन दिन पाउ गरी सुचना प्रकाशित गरिएको संयोजक पौडेलले बताए ।
गतवर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी बन्यो, यसवर्ष पनि रोजगारप्रति गाउँपालिका बासिन्दाको आकर्षण बढ्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए ।
गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम आर्थिक वर्ष २०७७÷०७८ का लागि न्यूनतम् १०० दिनको रोजगारीमा इच्छुक गाउँपालिका भित्रका बेरोगजार व्यक्तिले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सूचित गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी बनेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया