आंशिक प्राध्यापकद्वारा जुम्ला क्याम्पसमा तालाबन्दी

सागर परियार ।


जुम्ला बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरुले आफुहरुलाई करार गर्न माग क्याम्पसमा तालाबन्दी गरेका छन् । प्रध्यापकहरुको संगठनले जुम्ला बहुमुखी क्याम्पसमा ताला लगाएको हो । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा आंशिक प्राध्यापकहरु आन्दोलित भएसँगै जुम्लाका प्राध्यापकहरु पनि आन्दोलित भएका हुन् ।

साविकको कर्णालीको एक मात्र आंगिक क्याम्पस जुम्लामा आंशिक प्रध्यापकहरुले मात्र धानिरहेका छन् । तत्काल आंशिक प्रध्यापकहरुलाई करार बनाउनु पर्ने माग सहित क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी गरिएको क्याम्पसका आंशिक प्रध्यापक संघ एकाइ समितिका अध्यक्ष नरबहादुर घर्तीले बताए ।

उनका अनुसार हामी करार र स्थाई शिक्षक बराबरको काम गरिररहेका छौ । तर पारिश्रमिक उनीहरु बराबर पाउँदैनौं । धेरै पटक माग समेत गरिएको हो । तर सुनुवाई भएन् । हामीलाई ठूलो विभेद गरिएको छ । उनले भने, “श्रम ऐनलाई समेत व्यवास्था गर्दै त्रिभुवन विश्व विद्यालयले हाम्रो शोषण गरेको समेत उनिहरुको आरोप छ ।

हालको आन्दोलनको एक सुत्रीय माग आंशिक प्राध्यापकलाई करार गरिनुपर्ने रहेको उनको भनाई छ । क्याम्पसमा व्यवस्थापन र शिक्षा संकायमा जम्मा २४ जना प्राध्यापककको दरबन्दी रहेकामा १७ जना आंशिक प्रध्यापक रहेको र उनीहरुकै बलमा क्याम्पसको नियमित पठनपाठन अघि बढिरहेको क्याम्पस प्रमुख बसन्तराज भण्डारीले बताए । उनका अनुसार आंशिक शिक्षकहरुका जायज मागलाई त्रिविले छलफलबाटै समधान गर्नु पर्छ ।

यता आन्दोलित प्राध्यापक घर्तीका अनुसार हाल त्रिविका कुनैपनि गतिविधिमा आंशिक प्राध्यापकको सहभागिता नरहनेगरी आन्दोलन चरणबद्ध रुपमा अगाडि बढाइएको छ । जबसम्म आंशिक प्राध्यापकहरुलाई करार बनाउनुपर्ने एक सुत्रिए माग पूरा हुँदैन तबसम्म हामी त्रिविका कुनै पनि गतिविधिमा सहभागी नहुने उनको भनाई छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस