हुल्मको पहिरो पन्छाए संगै कर्णाली राजमार्ग खुल्यो


सागर परियार ।

विगत पाँचदिनदेखि अबरुद्ध कर्णाली राजमार्ग संचालनमा आएको छ । कालिकोट स्थित हुल्ममा आएको सबैभन्दा ठुलो पहिलो १८ घण्टा स्काभेटर प्रयोग गरी पहिरो पन्छाएपछि राजमार्ग खुलेको सडक डिभिजन कार्यालयका प्रमुख लिला बहादुर भण्डारीले बताए ।

उनका अनुसार हुल्म बजारमा आएको बिशाल पहिरोले राजमार्गमा पुर्ण अबरुद्ध भएको थियो । भने, दैखोला देखि सेरीघाट सम्मका करिब २४ स्थानमा गएको सानो ठुलो पहिरो पन्छाएपछि सडक खुलेको हो । हुम्लाको पहिरो पन्छाएसंगै सडक खुलेपछि सडक डिभिजनको टोली पनि जुम्ला तर्फ फर्किएको छ ।

साथै जुम्ला सडक डिभिजनले हेर्ने कालिकोट दैखोला देखि नाग्म सम्म यसपाली वर्षातले गर्दा करिब तीनसय स्थानमा पहिरो गएको अनुमान गरिएको समेत प्रमुख भण्डारीले जानकारी दिए । निरन्तर वर्षा भईरहेकोले एकातर्फ पहिरो पन्छाउदै जाने अर्को तर्फ झर्दै जाने समस्याले गर्दा यात्रुले दुख पाएका छन् ।

शुभकालिका गाउँपालिकाको १ स्थित गगने खोला, काले खोला, जिते, शेरिघाट, मान्म, सिम्लेगाड लगायतका दर्जनौ ठाउँमा पहिरो खस्दा कर्णाली राजमार्ग ठप्प भएको थियो । प्रशासनले वर्षातको समयमा अत्याआबश्यक बकाम बाहेक यात्रा नगर्न अनुरोध गरेको छ । काम विशेषले यात्रा गरेका यात्रु तथा मालबाहक सवारीले भने निकै सास्ती पाईरहेका छन् ।

तर सडक डिभिजन कार्यालय जुम्लाको प्रमुखका रुपमा लिला बहादुर भण्डारी आईसकेपछि सडक अबरुद्ध हुँदा, बाढी पहिरो जाँदा छिटो भन्दा छिटो समस्या समधान हुने गरेको छ । यसभन्दा अघि पनि राजमार्ग अबरुद्ध हुँदा प्रमुख भण्डारी स्वयम फिल्डमै बसेर पहिरो पन्छाई सडक खुलाएर मात्रै आउने गरेका छन् । कर्णाली राजमार्ग ईन्जिनियरिङ मापदण्डमा नभएकै कारण पनि सामान्य वर्षा हुँदा चिरा पर्ने, पहिरो आउने गरेको उनको भनाई छ ।

मंगलबार साढे ३ बजेटबाट सडक खुलिसकेको र फेरी वर्षात भई पहिरो आएर अबरुद्ध भए भन्न नसकिदैन् । तर जती पहिरो आएपनि हामी आम नागरिकको सेवाका लागि दिनरात नभनी सडक खुलाउन लागि पर्ने डिभिजन प्रमुख भण्डारीले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया