
सागर परियार जुम्ला ।
कोरोना संक्रमितहरुले जुम्ला स्थित कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसन कक्ष सरसफाइ गरेका छन । आइसोलेसनमा रहेका हिमा गाउँपालिकाका संक्रमीतको टिमले सोमबार दिउसो आईसोलेसन कक्ष सरसफाइ गरेको हो ।
आइसोलेसनमा कोरोना संक्रमितहरु मात्र बस्ने भएकाले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कर्मचारी सरसफाइका लागि भित्र आउदा कोरोना संक्रमण सर्न सक्ने जोखिम भएकाले स्वयम सक्रमितलेनै सरसफाई गरिएको हो ।
प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई जोसखम नहोस भन्ने मानवीयताका हिसाबले आफै सरसफाइमा जुटेको प्रतिष्ठानको आइसोलेसनमै रहेका देविकृष्ण अधिकारीले बताए । उनले भने,“कोरोना निकै जोखिमपूर्ण सरुवा रोग हो, यो निकै खतरापूर्ण छ,यसबाट हामी सबै बच्नु छ, यदि प्रतिष्ठानका स्वास्थ्यकर्मीहरु सरसफाइका लागि आएमा संक्रमण फैलिने सम्भावना बढ् । त्यसैले पनि हिमा गाउँपालिकाका २० जना संक्रमितले स्वयम आईसोलेसन कक्ष सरसफाई गरेका हौ ।”
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसनमा हिमा गाउँपालिकाका कर्मचारी, जन प्रतिनिधि, प्रहरी चौकी, बैंकका कर्मचारी तथा स्थानीय ब्याबसायीसहित २० जना रहेका छन । संक्रमित सबैले आइसोलेसन ब्यबस्थापन, खानपिन ब्यबस्थापनका लागि प्रभावकारी गरेकाले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला बिपद ब्यबस्थापन समिति लगाएत सरोकारवालाहरु सम्पुर्ण निकाय लाई धन्यवाद दिएका छन ।