स्याउ निर्यातका लागि जुम्लामा १२ हजार कार्टुन खरिद


सागर परियार । 

लकडाउनमा पनि बगैचामै व्यापारी 

जुम्लाको अर्गानिक स्याउ निर्यातका लागि यस वर्ष १२ हजार कार्टुन खरिद गरिएको छ । विगतका वर्षमा विदेशी कार्टुनमा जुम्ली स्याउ निर्यात हुन्थ्यो । जसले गर्दा विदेशी स्याउ होस अथवा नेपालका जुनसुकै जिल्लाको भएपनि जुम्लाको नाम बेचेर स्याउ बिक्री गर्थे । त्यसले गर्दा जुम्लाको स्याउ बजारीकरणमा ठुलो चुनौती आउथो । तर सरोकारवालको दबाबा कारण १÷२ वर्ष पहिलेदेखि जुम्ली अर्गानिक स्याउ लेखिएको कार्टुन भित्राएपछि बल्ल बजारीकरणमा सहज भएको व्यापारी धनबहादुर खत्री बताउँछन् । व्यापारीहरु विगतका वर्षमा चाईना एप्पल लेखेको कार्टुनमा जुम्लाको स्याउ लिँदा घाटैघाटा भएको अनुभव समेत सुनाउँछन् ।

यस वर्ष जुम्लामा स्याउ निर्यातका लागि १२ हजार कार्टुन खरिद गरिएको स्याउ सुपरजोन जुम्लाले जनाएको छ । स्याउसुपरजोनको १० लाख अनुदानमा किसान राज बहादुर भक्रीले कार्टुन खरिद गरि ल्याएका हुन् । किसान भक्रीले भने,“लकडाउनका बाबजुत पनि १२ हजार कार्टुन खरिद गरि ल्याएको छु । एक त काँचो स्याउ बजारमा गईसकेको छ । कार्टुन भएन भने दोहोरो हिसाबले जुम्ली स्याउको पहिचान गुम्ने खतरा देखियो । त्यसैले पनि जुम्ली अर्गानिक स्याउ लेखेको कार्टुन १२ हजार जुम्लामा पुराइएको छ ।” कार्टुन खरिदका लागि सुपरजोनले गरेको आवेदनमा चन्दननाथ नगरपालिका १ का राजबहादुर भक्री छनौट भएका थिए ।

उनका अनुसार जुम्लाका व्यापारीले ९ हजार कार्टुन खरिद गरिसकेका छन् । यहाँका अधिंकाश किसाननै व्यापारी हुने भएकाले मागका आधारमा ९ हजार कार्टुन विक्री भईसकेको भक्रीले उल्लेख गरे । कार्टुन खरिदका लागि ५० प्रतिशत व्यापारी किसानले व्यवहोर्नु पर्ने र ५० प्रतिशत स्याउ सुपरजोनले अनुदान दिने व्यवस्था छ । प्रति कार्टुन १ सय १० रुपैया बिक्री भईरहेको छ ।
भने किसानले प्रति कार्टुनका ५५ रुपैया दिने र सुपरजोनको ५५ रुपैया गरेर १ सय १० मा एक कार्टुन विक्री भईरहेको छ । व्यापारी एकराज अधिकारी, राज अधिकारी,कृष्ण सार्की,,धनबहादुर खत्री,भुवन अधिकारी,देउराम नेपाली, तारा पाण्डे लगायतका व्यापारी १२ सय देखि १५ सय सम्म कार्टुन खरिद गरि लिएका छन् ।

लकडाउनमा पनि किसानले ५० प्रतिशत अनुदानमा जुम्ली अर्गानिक स्याउ लेखिएकै कार्टुन पाएपछि धमाधम लिएको स्याउ सुपरजोन संचालक समितिका अध्यक्ष नारायणी चौलाँगाईले बताईन् । उनका अनुसार जुम्लामा पहिलो चरणमा ल्याइएका १२ हजार कार्टुन मध्य ९ हजार बिक्री भईसकेका छन् । ३ हजार बाँकी छन् । माग अझै बढेकोले ६ हजार कार्टुन ल्याउने तयारी भईरहेको छ ।

जुम्ली स्याउको पहिचान जोगाउँकाका लागि भएपनि जुम्ली अर्गानिक स्याउ लेखिएको कार्टुन आबश्यक थियो । स्याउ सुपरजोन कार्यालयका प्रमुख नवराज भण्डारीले भने,“लकडाउन छ भन्दैमा कार्टुन खरिद नगर्ने हो भने,जुम्ली स्याउले बजार पाउदैन् यसले दिर्घकालन असर पार्छ । जुम्लाका सबै किसान र व्यापारीहरुले जुम्लाकै कार्टुनमा स्याउ निर्यात गर्दा स्याउको पहिचान जोगिन्छ । ५० प्रतिशतको अनुदानको व्यवस्था गरिएकाले समेत किसानलाई कार्टुन खरिद दिन उनको आग्रह छ ।

लकडाउनमा पनि बगैचामै व्यापारी

जुम्लामा यतिबेला स्याउ टिप्ने चरोटो शुरु भएको छ । जुम्लाका सबै स्याउ किसान यतिबेला स्याउ टिपेर को भन्दा को छिटो निर्यात गर्ने भन्ने प्रतिष्प्रर्धामा छन् । हुन त जुम्लाको स्याउ निर्यातमा कुनै पनि वर्ष झन्झट भएको छैन् । तर यस वर्ष लकडाउनले गर्दा स्याउ बिक्रीमा समस्या हुने, व्यापारी खोज्दै कता जाने होला ?, स्याउ बिक्रीनै हुदैनकी भन्ने चिन्तामा रहेका किसानलाई व्यापारीले राहत पुराईदिएका छन् ।

कोरोना कहरका बीच पनि किसानका बगैचामै पुगेर व्यापारीले स्याउ खरिद गरेपछि सर्वसाधारण किसानलाई राहत पुगेको हो । गुठिचौर गाउँपालिका व्यापारी,भुवन अधिकारीले त्यस क्षेत्रका किसानका करिब एकडेढ सय क्वीईन्टल भन्दा बढी स्याउ लागि सुर्खेत नेपालगन्ज लिईसकेका छन् ।

सडकको पहुँच भन्दा टाढा रहेका गुठिचौरका किसानले बगैचामै व्यापारी आएर स्याउ लिएपछि ठुलो राहत भएको बताएका छन् । भने, तातोपानीका व्यापारी धन बहादुर खत्रीले त्यस क्षेत्रका किसानको दुई ढाई सय स्याउ खरिद गरेर विक्रीका लागि लिईसकेका छन् । कोरोना संक्रमण फैलिने डरले सबै ठाउँमा लकडाउन छ ।

सामान्य किसानको थोरै स्याउ भएपनि बजारमा पुगेन् भने घाटामा पर्न सक्छन् भन्ने सोचले बगैचामै पुगेर स्याउ खरिद गरिएको व्यापारी भूवन अधिकारीले बताए । अर्का व्यापारी दल खड्का भन्छन,“विगतका वर्षमा त बगैचामै पुगेर स्याउ खरिद गरिन्थ्यो, यस वर्ष झन कोरोनाले गर्दा किसानलाई बजार सम्म स्याउ पुरान समस्या हुन छ । आफुलेपनि किसान संग सम्पर्क गरीसकेको र बगैचामै पुगेर स्याउ खरिद गर्ने तयारी छ ।”
जुम्लाका तिला, तातोपानी र गुठिचौर गाउँपालिका तथा चन्दननाथ नगरपालिकाका दजैनौ व्यापारीले कोरोना कहरलाई मध्यनजर गरी किसानको राहतका लागि बगैचामै पुगेर स्याउ खरिद गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया