डा.केसी औषधि प्रकरणबारे मुख खोले अस्पताल निर्देशक डा. रावल


जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले डा. गोविन्द केसीलाई औषधि किन्न अस्पताल छिर्न नदिएको भन्ने विषयमा स्पष्टीकरण दिएको छ । डा. केसीले भने शुक्रबार प्रतिष्ठानको फार्मेसीमा औषधि लिन गएको अवस्थामा रोक लगाएको सञ्चारकर्मीसँग बताएका थिए ।
अस्पतालका निर्देशक डा. मंगल रावलले शनिबार उक्त बिषयमा प्रष्ट्यायका छन् । सामाजिक संजाल फेशबुकमा निर्देशक रावलले प्रतिष्ठानमा केसीलाई गेटबाट पस्न नदिनुको कारण नबुझी समाचारमा आएको कुरा सत्य नरहेको स्पस्ट पारेका हुन् ।
उनले लेखेका छ्न्, “डा. केसी औषधि किन्न आउनु भएको हो कि के गर्न आउनु भयो? त्यो कसैलाई थाहा छैन । तर, उहाँले भित्र पस्न खोज्दा गेट्मा रहेका सुरक्षाकर्मीले प्रशासनलाई सोध्नुपर्छ, एकैछिन पर्खनुहोस्, भन्दा नमानेर उहाँ फर्किनु भएछ । अनि मिडियालाई मलाई पस्न दिएन भन्नू भएछ । कम्सेकम एक्छिन पर्खेको भए सबै कुरा साम्य हुन्थ्यो कि ? रावलले लेखेका छ्न् ।
आफ्नोविरुद्ध केसीलाई अघि सारेर बद्नामी गराउने षड्यन्त्र भैरहेको उनले दाबी गरेका छन् ।
डा. रावलले भने म डा. केसीको चौथो र पांचौ अनसनमा नेतृत्व गरेको मान्छे हु । जायज मागलाई समर्थन गरिन्छ । तर पछिल्लो क्रममा मागभन्दा बढी राजनितिकरण गर्न खोजियको होकि भन्ने आसंका ब्यक्त गरे । केसीले प्रतिष्ठानको लागि राखेको माग राम्रा छन् । माग राख्दैमा सबै पूरा हुदैनन् । सरकरले चाहानु पर्छ होला । फिल्ड भिजिट गर्नु पर्ने होला । स्रोत साधनको आंकलन गर्नु पर्ने होला । अनि पो माग पूरा होलान हैन र रावलले प्र्रश्न गरेका छन् ।
केहीदिन अगाडी केसीलाई प्रतिष्ठानमा औषधि किन्न पस्न नदिएको विषयमा अस्पताल निर्देशक रावलको ठाडो आदेशमा पस्न नदिएको आसयको समाचार बाहिरियपछि डा. रावलले आफ्नो भनाई राखेका हुन् ।
डा. रावल नेपाल सरकरको मेडिकल तहको ८ र ९ औं तहको सरकारी जागिर छोडेर कर्णालीका जनताको सेवा गर्न करिब ८ वर्षदेखि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानसँग जोडियर हाड जोर्नी बिशेषज्ञका रुपमा सेवारत छन् । डा. रावल नेतृत्वको टिमले यसै शैक्षिक सत्रदेखि प्रतिष्ठानमा एमडी.एम.एस स्तरको पढाइ गर्ने भनेर सरकरसँग अनुमति पनि लिइसकेको छ । गत वर्ष रावल नेतृत्वको टिमले कर्णालीका ८ जिल्लामा पुगेर २२ हजार ओपिडी र तीन सय चिकित्सकीय अप्रेसन सेवा दिएको थियो । रावलले डोल्पा बाहेक कर्णालीका सबै जिल्लामा पुगेर हाड्जोर्नीको शल्यक्रिया गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया