
सागर परियार ।
कर्णाली राजमार्ग अन्तरर्गत जुम्ला सडक खण्डको विभिन्न भागमा आव २०७४÷७५ मा कालोपत्रे भयो । नाग्म जुम्ला सम्मको ३२ किलोमिटर दुरीमा कुडारी,त्रिबेणी,रारालिहि,उम्गाड,एैरेनी लगायतका सबैठाउँमा कालोपत्रे धमाधम शुरु भयो । तर जग्गा बिवादका कारण तातोपानी गाउँपालिका ६ स्थित रावतबाडा सडक कालोपत्रे हुन सकेन् ।
त्यहाँ निकै साघुरो भएको करिब ४ मिटर चौडाई गरेर मात्र कालोपत्र गर्ने तयारी भएपनि स्थानीयले अबरोध गर्दा सडक निर्माण बिबादित भनेको थियो । जसले गर्दा रावतबाडा नजिककै २ सय ५० मिटर सडक वर्षौ सम्म साँघुरो र धुलाम्यनै रह्यो । त्यसबीचमा नाग्मदेखि जुम्लाको ३२ किलोमिटर सडकम मध्य करिब ३० किमि सडकमा भने कालोपत्रे सकिएको थियो ।
स्थानीयकै विरोध र बिवादकै कारण दुईवटा टेण्डर भईसक्दा पनि निर्माण हुन नसकेको रावतबाडाको २ सय ५० मिटर सडक वर्षौपछि कालोपत्रे भएको छ । विभिन्न चरणमा स्थानीय संग गरिएको परामर्श र संबाद पश्चात बिवाद मिलेपछि २ सय ५० मिटर सकडलाई मिटर थप चौडा बनाई कालोपत्रेको काम शुरु भएको सडक डिभिजन जुम्लाका प्रमुख लीला बहादुर भण्डारीले बताए ।
उनले भने,“स्थानीयकै विरोधले गर्दा वर्षौदेखि त्यो सडक निर्माण हुन सकेको थिएन्, मुस्किलले बिवाद समधान भएपछि ४ मिटर सडक चौडा गरेर, एक मिटरको नाली निकालेर दुई सवारी अट्ने ६ मिटरको सडक निर्माण गरी कालोपत्र भईरहेको हो ।”
त्यस्तै नाग्मदेखि जुम्ला तर्फको १ किलोमिटर ग्राभेल सडकपनि कालोपत्रे भईरहेको छ । ६ मिटर चौडाई र नाली समेत निकालेर सकिएको उक्त सडकपनि वर्षौपछि कालोपत्र हुने शुरु भएको छ । नाग्मदेखि जुम्लातर्फको १ किमि सडकमा कुनै विबाद नभएपनि ठेक्कापट्टाकै ढिलाले आज सम्म कालोपत्रे हुन सकेको थिएन् । अहिले १ किमि नाग्मदेखि जुम्ला र २ सय ५० मिटर रावतबाडा सडक कालोपत्रे गर्ने काम एकैसाथ अघि बढीरहेको सडक डिभिजनका प्रमुख भण्डारीले जानकारी दिए । दुईठाउँको गरी १२ सय ५० मिटर कालोपत्रे गर्ने बाँकी ७ सय ५० मिटर थप जुम्लादेखि नाग्म सम्मको विग्रिएको सडक मर्मत गरी २ किमि कालोपत्रे गर्ने योजना छ ।
प्रमुख भण्डारी भन्छन, “त्यसका लागि ४ करोडको लागत छ । सकड कालोपत्रे संगै विभिन्न ठाँमा पर्खाल निर्माण गर्नुपर्ने, नाली निर्माण गर्नुपर्ने छ ।” २ किलोमिटर कालोपत्रे सकिए पश्चात नाग्म जुम्ला सम्मको ३२ किलोमिटर सडकमा काहि पनि खाल्डाखुल्डी नहुने समेत उनको दाबी छ । यसअघिनै तातोपानी,लिताकोट,राँका,कुडारीको सडक खण्डमा कालोपत्रे गरि सकिएको छ ।
कर्णालीकै लाईफलाईनका रुपमा रहेको कर्णाली राजमार्गलाई नाली छोडेर ६ मिटरको चौडाई बनाएको खण्डमा कर्णालीमा दुर्घटना रोकिने विज्ञहरु बताउँछन् । खर्चपनि कम लाग्ने र छोटो समयमै यात्रा गर्न सक्ने खालेको सडकको विकास र स्तबृद्धिमा ध्यानदिनुपर्ने सुझाब ।