घण्टाघरको क्वारेन्टिनमा गुणस्तरहिन खाना वितरण

सुर्खेतः प्रदेश सरकारले सुर्खेतको घण्टाघरमा संचालन गरेको प्रदेस्तरीय क्वारेन्टिनमा गुणस्तरहीन खाना वितरण भएको भेटिएको छ । बिहिवार कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्री नरेश भण्डारीको नेतृत्वमा गएको अनुगमन टोलीले क्वारेन्टाइनमा खुवाइने खाना गुणस्तरहीन भएको फेला पारेको हो । क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुका लागी प्रदेश सरकारसँग गरेको सम्झौताबमोजिम खानाको गुणस्तरहीन भएको भन्दै पटक पटक गुनासो आएपछि मन्त्री आफै अनुगमनमा गएका थिए ।

कमजोर व्यवस्थापन, सरसफाईमा लापरवाही र सम्भौताबिपरित खाना वितरण भएको पाइएपछि मन्त्री नेतृत्वको सरकारी टोलीले क्वारेन्टिनको ब्यवस्थापन चुस्त बनाउन र खाना सुधारका लागि निर्देशन दिएको छ। एक पटकका लागि खाना सुधार गर्नलाई होटल सञ्चालकलाई सरकारले निर्देशन दिएको भएपनि त्यो सुधार नगरेमा उसलाई कारवाही गर्ने चेतावनी दिएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयसँग प्रदेश सप्लायर्सले सम्झौता गरेको छ । तर सम्झौता गरेको फर्मले श्रृंखला होटललाई खाना खुवाउने जिम्मा दिएको छ ।

बिहीबार आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, उत्तरपश्चिम पृतना सुर्खेतका पृतनापति विज्ञानदेव पाण्डेलगायको टोलीले क्वारेन्टिनको छड्के निरीक्षण गरेको थियो। सुरुमा क्वारेन्टिनमा खाना वितरण गर्ने समयमा गएर उक्त टोली कुरेपनि पूर्वनिर्धारित समयमा होटल सञ्चालकले खाना नल्याएपछि उक्त टोली होटलमै जाँच गरेको थियो। होटल सञ्चालकले भने सम्झौता अनुसार जिरामसिनो चामलकै भात खुवाएका, तरकारी र खाजा पनि त्यसैअनुसार खुवाएको भन्दै आफ्नो गल्ती लुकाउने प्रयास गरेका थिए। होटलको खानाको जाँचका क्रममा क्वारेन्टिनमा बस्दै आएका व्यक्तिहरुलाई गुणस्तरहिन खाना वितरण गरेको पाइएपछि त्यसलाई सुधार गरेर वितरण नगरेमा कारवाही गर्ने चेतावनी आफूले दिएको मन्त्री भण्डारीले बताए। यसअघि पनि पटपटक खानाको गुणस्तरबारे प्रश्न उठने गरेपनि मन्त्रीनै पुगेर अनुगमन गरेको यो पहिलो पटक हो । क्वारेन्टिनमा सम्झौता बिपरित मोटो र फोहोर भाडोमा भुससितको खाना वितरण भइरहेको समाचारहरु सार्वजनिक भएका थिए । यसअघि पनि क्वारेन्टिनमा चरम लापरवाही भएको र आफूहरु स्वस्थ्य भएपनि कोरोना भाइरसको जोखिममा परेको गुनासो गरेका थिए। थिए।

प्रतिक्रिया दिनुहोस