डा. केसीको अभियानप्रति साझा पार्टीको समर्थन, सुरक्षित स्थानमा सार्न माग


जुम्ला ः साझा पार्टीले डा. केसीको नागरिकमुखि अभियान प्रति समर्थनसहित एक्यवद्धता जनाउदै तुरुन्त सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न माग गरेको छ । साझा पार्टीका सातै प्रदेशको प्रतिनिधि डा. केसीको अनसनरत स्थल जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका – ६ रानीचौरको मन्दिरको धर्मशालामा पुगेर यस्तो माग गरेको हो ।
डा. केसीका जनमुखि माग र उनको स्वास्थ्य अवस्थाका बारेमा सरकारको गम्भिर ध्यानाकर्षण गराउदछौँ साँझा पार्टीका कर्णाली प्रदेश सदस्य सुर्यदिप रेग्मीले भने । डा. केसीसँग १८ औँ पटक सरकारले सम्झौता ग¥यो तर उहाँका माग सम्बोधन नभएपछि १९ औँ पटक अनसन बस्न बाध्य हुनु भएको हो ।
समतामूलक, भ्रष्टाचारसहित र न्यायपूर्ण समाजका लागि राखेका मागहरु आफुलाई समाजबादी भन्ने कम्यूनिष्ट सरकारको आफ्नै एजेण्डा हुनु पर्ने हो । तर विडम्वना सामान्य अवस्थामा होस या कोभिडको असामान्य अवस्थामा, सरकार भष्टचार, नाताबाद, मात्र होइन लोकतन्त्र र संविधानकै धज्जी उडाउने गरी नियूक्ति र मनोनयन गर्न व्यस्ता रहेको साझा पार्टीको आरोप छ ।
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतलका अनुसार यो अभियानमा आमनागरिक सवै एकजुट भएर डा. केसीका जनमुखि माग सम्बोधन गर्न सरकारलाई बाध्य बनाउनु पर्दछ ।
डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायतका कार्यक्रम संचालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठन पाठन सुरु गरिनुपर्ने, प्रदेश नं. २ र गण्डकी प्रदश तथा डोटी, डेडेलधुरा, उदयपुर र इलाम, पाचथरमा सरकारी मेडिकल कलेज तथा अस्पतालको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस