दृष्टिविहिन दम्पतिको लागि १ लाख २८ हजार भन्दा बढी रकम  जुट्यो,

कृष्ण्माया उपाध्याय

आवास निर्माण गर्न सहज हुने

जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ७ निवासी दृष्टि विहिन दम्पति  मान बहादुर कुँवर र गोरिकला सुनारलाई बस्ने घर, शौचालय  र खानेपानीको धारो नहुँदा भोक्नु परेको समस्याको विषयमा  फोटो सर्कलमा छापिएको समाचारको आधारमा इन्जिनियर एण्ड नर्स रिभोलुस्नरी सोसाइटीद्धारा संकला गरिएको ७० हजार  २ सय ४७ रुपैयाँ र रुटिङ अफ नेपाल बन्द  र फोटो सर्कल  नेपाल द्धारा संकलन  भएको   ५८ हजार ४  सय १७ रुपैयाँ गरेर जम्मा १ लखा ३ हजार ६ सय ६४ रुपैयाँ शुक्रबार तातोपानी गाउँपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष डिल्ली रावल र तातोपानी गाउँपालिकाका कर्मचारीहरुको रोहवरमा मान बहादुर र गोरिकलालाइ  भौचर हस्तान्तरण गरिएको हो ।

विभिन्न व्यक्ति तथा संस्थाहरुको तर्फबाट पाएको सहयोगले आफुलाइ धेरै खुशी लागेको गोरिकलाले बताइन् । उनले भनिन् अब गाउँपालिकाको यसमा थप रकम जुट्यो भने घर, शौचालय र खानोपानीको धारो बनाउन सहज हुने भएको छ । गाउँका मान्छेले गाउँमा बस्न नदिए पनि अहिले बसिरहेको ठाँउमा हामीलाई  आवश्य  बास स्थानको व्यवस्था हुने छ भन्ने आशा  पलाएको उनले भनिन् ।

विभिन्न निकायबाट सहयोग जुटेको हुनाले आफुलाइ समाजले पहलिा हेर्ने नजर र अहिले हेर्ने नजरमा फरक हुन  थालेको मान बहादुर कुवँरले बताए । विभिन्न निकायबाट जुटेको रकमको विषयमा जानकारी पाएपछि घर बनाउनको लागि अन्य सहयोग स्थानिय तहसँग अनुरोध गनेृ बताए ।

उक्त रकम हस्तान्तरण कार्यक्रमको अवसरमा बोल्दै तातोपानी गाउँपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष डिल्ली रावलले अहिले जुटेको रकममा  केही थप रकम जुटाएर द्दर बनाउन सहयोग गर्ने बताए । कार्यपालिका सदस्य समेत रहेका उनले मान बहादुर र गोरी कलाको लागि आवश्यक खाद्ययन्न र घर बनाउनेल रकमको लागि सहयोग गर्न पहल गरिने बताएका छन् । तातोपानी गाउँपालिकाकामा कार्यरत अधिकृत ओम बहादुर चन्दले योजना बाँड फाँटको क्रममा दृष्टि विहिन् दम्पतिलाइ सहयोगको लागि रकम  छुट्याउन सहयोग गर्ने  बताएका छन् ।

गाउँपालिकाबाट सहयोग जुट्ने भएको भन्दै उनिहरु खुशी भएर घर फर्किएका छन् । उनिहरु मात्र नभएर गाउँपालिका अन्य अपांगता भएका व्यक्तिहरुलाइ पनि सहयोग पुगे नपुगेको विषयमा जानकारी लिइने भएको तातोपानी गाउँपालिकामा अध्यक्ष नवराज न्यौपानेले बताए । हरेक नागरिकहरुको लागि गाउँपािलका अभिभावक  भएको हुनाले उनिहरुको गासबासको जिम्मेवारी गाउँपालिकाले लिने उनले बताए ।

 

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस