नगरप्रमुख कान्तिका सेजुवाललाई कोरोना संक्रमण


जुम्ला ः जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवाललाई कोरोना संक्रमण देखिएको छ । नगरप्रमुख सेजुवालको शुक्रबार स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतला जुम्लामा परीक्षण गर्दा शनिबार कोरोना संक्रमण देखिएको हो ।
नगरप्रमुख सेजुवालका अनुसार कोरोना संक्रमण देखिए पनि अहिले कुनै पनि लक्ष्यण नदेखिएको छैन । संक्रमणबाट छिटै मुक्त भएर नागरिकका दैनिक काममा फर्किने विश्वास लिएको उनले बताईन ।
यसअघि कर्णाली प्रदेश सांसद दिनवन्धु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, उद्योग बाणिज्य संघ जुम्ला अध्यक्ष रजवअलि मनियार, क्षेत्रिय होटल व्यवसायी संघका दिलबहादुर महत, शिक्षिक भगवति श्रेष्ठ, नेकपा युवा नेता जीवन बढ्थापा, हातोमालो जुम्ला निर्देशक टेक रावतलाई कोरोना संक्रमण भएको थियो । उनीहरु सवै जना कोरोना सक्रमणबाट मुक्त भईसकेका छन् ।

रोग सर्ने डरले स्थानीयले बनाउन दिएनन् विद्यालयमा क्वारेन्टाइन
थप पढनुहोस: https://www.healthaawaj.com/karnali-provenance/17280/

 

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस