जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिकाले उच्चपदस्थ राष्ट्रसेवक कर्मचारीलाई सम्मान गरेको छ ।
शुक्रबार सदरमुकाम खलङ्गामा ‘हाम्रो जुम्ला, हाम्रो सम्मान कार्यक्रम’ गरेर सम्मान गरिएको हो । संघीय प्रतिनिधिसभाका सांसद गजेन्द्रबहादुर महतले उच्चपदस्त कर्मचारीलाई सम्मान गरेका हुन् ।
जुम्ला जन्मथलो भएर देशका विभिन्न जिल्लामा सेवा गर्दै आएका उच्चपदस्थ राष्ट्र सेवक कर्मचारीलाई सम्मान गरिएको नगरप्रमुख कान्तिका सेजुवालले बताइन् ।
सम्मानित हुनेमा जुम्लाका पहिलो न्यायधीस कृष्णलाल भट्टराई, यातायात व्यवस्था विभागका महानिर्देशक गाेगन हमाल, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा छन् ।
त्यसैगरी दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रमुख कर अधिकृत पुर्णप्रसाद न्यौपाने, उपनिर्देशक जयप्रसाद आचार्य, प्रमुख कर अधिकृत कर्णप्रसाद तिमिल्सिना, म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, कर्णाली प्रदेश सुर्खेतका उपनिर्देशक जवहरलाल हमाल, सुर्खेत जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतलगायत १९ जना कर्मचारीलाई सम्मान गरिएको छ ।