हिमा गाउँपालिकाको उद्यम विकास सहजकर्ता करारमा पदर्पुिर्त सम्बन्धी सूचना

हिमा गाउँपालिका

गाउँकार्यपालिकाको कार्यालय

कालिकाखेतु,जुम्ला

कर्णाली प्रदेश,नेपाल

उद्यम विकास सहजकर्ता करारमा पदर्पुिर्त सम्बन्धी सूचना

प्रथम पटक पकाशित मिति २०७७।०७।२३

प्रस्तुत विषयमा संघीय सरकारबाट यस गाँउपालिकामा प्राप्त सशर्त अनुदान तर्फको गरीबी निवारणको लागि लघु उद्यम विकास (मेडपा) कार्यक्रम संचालनका लागि आवश्यक उद्यम विकास सहजकर्ता करारमा पदपुर्तिका लागि तपशिल बमोजिमको योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले १५(दिन) भित्र माग बमोजिमका विवरणहरु र राजश्व बुझाएको रसिद सहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ ।

तपशिल

क्र.सं.                     विज्ञापन नं                                       पद                        तह                         संख्या

१                      ०४।२०७७।०७८                  उद्यम विकास सहजकर्ता      चैथो वा पाँचौ           २ (दुई जना)

१. आवश्यक न्यूनतम शैक्षिक योग्यताः

क) प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभीटी)बाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी डिप्लोमा कोर्ष उत्तिर्ण गरेको वा

ख) प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभीटी)बाट उद्यम विकास सहजकर्ता सीप परिक्षण तह २ वा तह ३ उत्तिर्ण गरेको वा

ग) प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभीटी) बाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी प्राविधिक प्रवेशिका परिक्षा (टिएसएलसी) उत्तिर्ण गरेको

घ) नेपाली नागरिक हुनु पर्ने

ङ) करार सेवाको लागि कुनै पनि कानूनले अयोग्य नठहरिएको

च) साथै निर्देशिकाको दफा ६ को खण्ड (क) बमोजिम योग्यता भएका,श्रम सूचना बैकमा सूचीकृत भएका र अनुभव प्राप्त व्यक्तिलाई प्राथमिकता दिईने छ ।

२. दरखास्त दिने स्थानः हिमा गाँउपालिकाको कार्यालय, जुम्ला

३. दरखास्त दिने अन्तिम मितिः २०७७ कार्तिक ०७गते सम्म

४. आवेदन दस्तुरः रु ५०० (पाँच सय)

५. छनौटको किसिमः प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन, लिखित परिक्षा र अन्तरवार्ता

६. आवेदन साथ संलग्न गर्नु पर्ने कागजातहरुः आवेदक स्वयंले प्रमाणित गरेको देहाय बमोजिमका कागजात प्रतिलिपीहरुः

क) नेपाली नागरिकता

ख) न्यूनतम योग्यताको लब्धाङ्क प्रमाणपत्र

ग) चारित्रिक प्रमाणपत्र

घ) २ प्रति पासपोर्ट साईजको फोटो

ङ) अनुभव सम्बन्धी कागजातहरु

७. सेवा सुविधाः स्थानीय सेवाको सहायक स्तर चौथो वा पाँचौं तह सरह

८. पदले सम्पादित गर्नु पर्ने कार्यविवरणः संघीय सरकारको गरीबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम संचालन निर्देशिका २०७७ मा तोकिए बमोजिम हुनेछ ।

९. प्रारम्भिक योग्यताको सूची प्रकाशन र लिखित परिक्षा संचालन हुने मितिः पछि प्रकाशन गरिने छ ।

१०.सम्पर्क नम्बरः ९८५८३९०२८३,९८४८१५६७०३

नोटः दरखास्त आवेदन फारम र अन्य जानकारी गाँउपालिकाको वेबसाईट www.himamun.gov.np, Email: [email protected] वा कार्यालयबाट उपलब्ध हुनेछ ।

                                                                                                                                                                                                         प्रमूख प्रशासकीय अधिकृत

प्रतिक्रिया दिनुहोस