
नवराज शाही, जुम्ला ः राष्टिय प्रजातन्त्र पार्टीको जिल्ला अध्यक्षमा बेदबहादुर शाही चयन हुनु भएको छ । समायोजन भेलाले अध्यक्षमा शाहीलाई चयन गरेको हो । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा कालीबहादुर महत, उपाध्यक्षमा कृष्ण बुढा, अमृत कठायत, अँगतप्रसाद देबकोटा, शुकबिर नेपाली र देविकृष्ण न्यौपाने चयन भएका छन् ।
त्यस्तै सचिबमा तुलबहादुर कठायत, कोषाध्यक्ष विमल शाही रहेका छन् । पार्टीका प्रबक्ता अनिल थापा सहित २५ सदस्यी कार्य समिति गठन गरिएको छ । साथै बरिष्ठ नेता भवानीप्रसाद न्यौपानेको अध्यक्षतामा ५ सदस्यी सल्लाकार समिति पनि गठन गरिएको छ ।
समायोजन भेलामा युवा नेता तुलराम कठायत, रामकृष्ण नगरकोटी, भीम बहादुर कठायतले शुभकामना मतव्य दिएका थिए भने राप्रपा युवा संघका केन्द्रिय सदस्य अनुप थापाले पार्टी समायोजन पछि ठूलो चुनौती आएको बताए । पार्टीलाई बचाई राख्न अब सबैले हातेमालो गर्नु पर्ने पनि उनले बताए । अर्का यूवा नेता अँगद देबकोटाले पार्टी संगठित गर्न आ आफ्नो क्षेत्रमा संगठन बिस्तार गर्नु पर्नेमा जोड दिए ।
केन्द्रीय सदस्य मनसुर सुनारले ३० बर्षको अन्तारालमा पार्टी एकता भएकोमा खुसि लागेको बताए । यस अघि पार्टी भित्रका पद लोभिका कारण पार्टीले निर्बाचनमा हार व्यहोर्नु परेको हो उनले भने । अब पार्टी समायोजन पछि पार्टी एक ढिक्का भएर जाने पनि विश्वास व्यत्त गरे ।