‘बाल्यवस्थामा धान चामल बेचेरै कापी कलम किन्थे’


हरेक व्यक्ति पिच्छे आ–आफ्नै भोगाई, जीवन संघर्ष, लक्ष्य, फरक किसिमका हुन्छन् । कसैको बाल्यअस्था सुखमा बितको हुन्छ । भने कसैको निकै कष्टकर तरिकाले वितेको हुन्छ । बाल्यवस्थामा ठुलो संघर्ष गरेर, अभाव झेलेर सफल हुने मध्यका एक उदाहरण हुन तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धिताल । खेतीकिसानीमै बेस्थ आमा बाबु, कापी कलम किन्न, नयाँ कपडा लगाउन धान चामल बेच्नुपर्ने हिजोको अबस्थालाई सम्झदा धिताल आज एक उच्च ओहोदामा पुग्दा निकै गर्भ महसुश गर्छन् । जीवनका उकाली ओराली पार गर्दै राष्ट सेवक भएका धितालको जीवन संघर्षका बारेमा पत्रकार सागर परियार गरेको कुराकानीको सार ः

आजभोलीको दैनिकी कसरी बित्तिरहेका छन् ?
आजभोलीको दैनिक अधिकांश समय कार्यालयकै कामकाजमै बित्ने गरेको छ । गत आव देखि चालु आवको अहिले सम्म पनि कोरोनाले गाउँपालिकाको विकास निर्माणमा बाधा पुराएको जानकारी नै छ । तथापी दैनिक कार्यसम्पादन गर्दै नागरिकलाई प्रभावकारी तथा सहज सेवा दिदै आजभोलीका दिन बितिरहेका छन् ।

जागिरे जीवनको चक्र कसरी चलिरहेको छ नि ?
देश र जनताको लागि निस्वार्थ भावले सेवा गर्ने भनेर सरकारी क्षेत्रमा प्रबेश गरेकै दिनदेखि जागिरको सिलसिलामा विभिन्न जिल्लामा गएर काम गरिएको छ । मेरो जागिरे जीवन २०५३ साल फागुन ९ गतेदेखि शुरु भएको हो । त्यतिबेला मुगुमा गाविस सचिवको काम गरे । त्यस पश्चात २०५६ सालदेखि ६९ साल सम्म जुम्लामै नागरिकको सेवा गरे । २०७० देखि ७४ सम्म बाँके जिल्लामा काम गरे । ०७४ देखि ७६ सम्म जुम्लाको तिला गाउँपालिकामा प्रमुख प्रशासकियको रुपमा काम गरे । जतिबेला संघियता कार्यान्वयनको भर्खर प्रयास हुदैथियो । त्यसपश्चा पुनः बीचमा बाँके जिल्ला गए । ०७६ देखि हाल सम्म आफ्नै तातोपानी गाउँपालिकामा प्रमुख प्रशासकियको रुपमा कार्यरत छु । यसरी जागिरे जीवनको चक्र घुमेर आफ्नै जन्मभुमिमा सेवा गर्नका लागि रोकिएको छ । बाँकी दिनमा कहाँ गईन्छ थाहा छैन् ।

बाल्यवस्था कसरी बित्यो ?
मेरो जन्म २०३२ साल चैत २० गते भयो । बाल्यकाल त्यति तडक भडकका साथ बितेन् भनौ । संघर्षमै मेरो बाल्यकाल बित्यो सानोमा छदा साथीहरु संग माटाका गुच्छा खेलिन्थ्यो । पारिवारिक अबस्थालाई मध्यनजर गर्दै बिना तडकभडक सामान्य रुपमै संघर्ष गर्दै मेरो बाल्य अबस्था बितेको थियो ।

जीवनको लक्ष्य के थियो, के भइयो ?
हुन त जीवनमा लक्ष्य बिनाको मानिस हुदैन् । लक्ष्य विहिन मानिस र गन्तव्य विहिन यात्री कहिले सफल हुदैनन् भन्ने कथन पनि छ । तर मेरो जीवनमा यो कथनले कता कता मेल खाएन् । किन भने, साहेत त्यतिबेलाको माहोव, अबस्था, पारिवारिक कारणले पनि हो की ? अहिलेका बालबालिका जस्तो एसइइ पास नहुदै भोली नर्स पढ्ने, ईन्जिनियर पढ्ने भन्ने सपना लक्ष्य राखिएन् । बा आमा पढ्नु भएको थिएन् । उनिहरुको दैनिकी खेतीपातीमै बित्थ्यो ।

आर्थिक स्थिती निकै कमजोर थियो । कापी कलम किन्न, नयाँ कपडा लगाउन कित घरको धान चामल बेच्नु पथ्र्यो । कित खेत बेच्नु पथ्र्योे । तर पनि मेरा आमा बुबाले मलाई पढाउन कुनै कसुर बाँकी राख्नु भएन् । साहेत त्यहि अभावले होला भोलि भविष्यमा ठयाक्कै के बन्ने, के पढ्ने भन्ने बहसै हुन्थेन् । तर जसरी पनि जागिर खानु पर्छ भन्ने गाउँघरको मान्यता थियो । त्यसै अनुरुप धान चामल बेच्दै कापी कलमको जोहो गर्दै पढाईलाई अघि बढाईयो । शुरुमा एक विद्यालयमा अस्थायी शिक्षकका रुपमा जागिर खाए त्यतिबेला सम्म पनि निकै कष्टकरनै थियो । जब २०५१ सालमा सरकारी जागिरमा प्रबेश गरियो, त्यसदिन देखि दुखका दिन घट्दै गए । हिजोको अबस्था हेर्दा आज यहाँ सम्म पुग्दा, समाजको मान ईज्जत प्रतिष्ठान पाउँदा निकै गर्व लागेर आउँछ ।

उत्प्रेरणाको स्रोत कसलाई भन्नु हुन्छ ?
मेरो जीवनको उत्प्रेरणाको स्रोत भनेर छैनन् । तर मेरो जीवनको सफलता संग आमा बाबु, ईष्ट मित्र गाउँ समाज सबैको उत्तिकै भुमिका छ । किन भने सबैले पनि आआफ्नो तहबाट सहयोग गर्थे, पढ्नुहोस भनेर हौसाउन्थे । त्यसैकारण मेरो उत्प्रेरणाको स्रोत भनेकै सबै शुभचिन्तकहरु हुन् ।

दाम्पत्य जीवन कसरी शुरु भयो नी ?
त्यति बेला लभ गर्ने, भागेर बिवाह गर्ने चलन थिएन् । भर्खरै जागिर खाएको एक वर्षजती भएको थियो आमा बुबाको सहमती अनुसार मागी विबाह गरियो । मेरी जीवन संगीनी संग देखादेख चाहि भएको थियो । तर विबाह नहुनु भन्दा पहिले कहिले पनि बोलचाल थिएन् । भनिन्छ नी ‘हिड्दा हिड्दै बाटो लाग्छ, बस्दा बस्दै माया लाग्छ’ भनेजस्तै आमा बुबाको सहमतीमा २०५२ सालबाट शुरु गरिएको दाम्पत्य जीवन आज सम्म आईपुग्दा निकै खुसी र सन्तुष्ट छ । अहिले १ छोरा र छोरी छन् । श्रीमती कृषिनै गर्छिन् । भने १ छोरा २ छोरी उच्च शिक्षा पढीरहेका छन् । भने, कान्छीछोरीले यस वर्ष एसइइ दिदैछन् ।

एउटा अर्को कुरा आजको समयमा धेरै माया गर्छन्, प्रेम गर्छन् अनि बिवाह गर्दा पनि अधिकांशको जोडी २÷३ वर्षमै छुटिन्छन् । तर त्यतिबेला नत प्रेम गरिनथ्यो, नत भेटिन्थीयो देखादेख नभएका केटाकेटी बीच पनि बिवाह हुन्थ्यो । तर सम्बन्ध छुट्थेन । यसो सोच्दा हिजोका दिनहरु पनि त्यति नराम्रा चाहि हैनन् । आजको जस्तो विकास नभएपनि त्यतिबेलाका केहि मुल्यमान्यता अनुसरण योग्यनै छन् ।

संघियतालाई कसरी लिनु भएको छ ?
संघियता आफैमा एक राम्रो राज्य संचालनको व्यवस्था हो । तर नेपाल जस्तो विकासन्उमुख देशलाई संघियता ‘घाँटी हेरी हाँड निल्न’ु जस्तै छ । किन भने, तीन तहका सरकार निर्माण भएका छन् । आर्थिक भव्यभार बढ्दै गएको छ । हुन त हिजोको विकास भन्दा निकै फेरबदल भएको छ । केन्द्रित राज्य व्यवस्थालाई विकेन्द्रीतकृत गरेर जनताका घरघरमा विकास पु¥याउनु अर्थात काठमाडौँको सिहंदरबार घरमा पु¥याउनु राम्रो पक्ष हो । संघियता राज्य संचालनका लागि आफैमा एक राम्रो प्रणाली हो ।

धेरै देशमा संघियता सफल भएका छन् । आर्थिक रुपमा सक्षम तथा नेतृत्व, आचरण सफा हुनु पर्दछ । हिजो एक योजना माग्न जिविस धाउनु पथ्र्यो, नेताको पाउ मोल्नु पथ्र्यो । तर अहिले त्यो अबस्था रहेन् । आन्तरिक आम्दानीलाई बढाउन सकेमा चाहि संघियता राम्रो हुन्छ । कर तिर्न जनता नमान्ने, प्रयाप्त सम्भवना हुँदा पनि राजश्व संकलन गर्न सरकार नसक्ने अबस्थामा संघियता कार्यान्वयन गर्न निकै मुस्किल छ ।

जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध कस्तो छ ?
देशको विकास र समृद्धीका लागि कर्मचारी र जनप्रतिनिधि बीचको सम्बन्ध नङ मासु जस्तै हुन आबश्यक छ । संघियतापछि धेरै उठेको प्रश्न पनि हो जनप्रतिनिधि र कर्मचारीको सम्बन्धको बारेमा यस सन्र्दभमा जनप्रतिनिधि कर्मचारीले आ आफ्नो क्षेत्राधिकार, काम कर्तव्य र जिम्मेवारीलाई स्पष्ट बुझ्नु पर्दछ । आफैमा बिवाद समधान हुन्छ । जनप्रतिनिधि भनेको ऐन कानुन बनाउने पद हो । कार्यान्वयन कर्मचारीले गर्ने हो ।

तर स्थानीय तहमा ऐन कानुन पनि आफै बनाउने स्वयम आफै कानुन विधि विधान र पद्धती विपरित गएर काम गर्न खोज्ने, आफु निर्वाचित हु जनताको भोट पाएर आएको हुँ भन्ने दम्ब जनप्रतिनिधि राख्ने, म पढेर नाम निकाले आएको हुँ भन्ने कर्मचारीको दम्ब छ । तर दुबै तर्फको यो दम्ब अन्त्य हुनुपर्छ । सबैको उदश्य भनेकै नागरिकको सेवा गर्ने हो । तातोपानी गाउँपालिकामा हाल त्यस्तो अबस्था छैन् । सम्बन्ध निकै समधुरनै छ । मुलतः जनप्रतिनिधि र कर्मचारीले आआफ्नो क्षेत्राधिकार अनुसार काम गरेर अघि बढेमा बिवाद हुदै हुदैन् । तर यहि कुरा सम्झाउन तथा बुझाउन मुस्किल छ । यस्तो अबस्था जुम्लामा मात्र नभई दशैभरीको समस्याका रुपमा देखिन्छ ।

सफल कसरी हुने ?
सफल भन्ने शब्द उच्चाहरणमा जती मिठो र सजिलो छ । प्राप्त गर्नका लागि उत्तिकै कठिन पनि छ । अ भनिन्छ नी दुख गरेपछि सुख एक दिन आफै आउँछ । यो पाठ मेरो जीवनबाट मैले आफै सिके । दुखमा आत्तिएको भए साहेत आज यहाँ पुग्थिन होला । त्यसैले सघर्षनै जीवनको उपनाम हो । जोश जाँगर हुन्जेल जस्तोसुकै अबस्थामा पनि सबैले संषर्घ गर्नुपर्छ भन्ने मेरो सन्देश छ ।
आफ्नो लक्ष्यमा लगनशील, प्रतिबद्ध, धैर्यता, मेहनत गर्ने धेरै महोत्वकाँक्षी नभए सफल व्यक्तिको जीवन संर्षघलाईलाई अध्यायन गर्ने, बौद्धिक व्यक्तिको संगत गर्ने सबैभन्दा ठुलो धैर्यता राख्ने लक्ष्य प्राप्तीका लागि निरन्तरता दिनुपर्छ ।

तपाईको प्रतिक्रिया