उर्थुचौतारामा पक्की पुल नबन्दा एम्वुलेन्स संचालनमा समस्या

मानदत्त रावल
जुम्ला ः पातारासी गाँउपालिकाको उर्थुचौतारामा निर्माणधिन पक्कीपुल समयमा नबन्दा पालिकालाई भारतीय सहयोगबाट प्राप्त भएको एम्वुलेन्स लगायत अन्य सवारी साधन आवतजावत समस्या भईरहेको छ ।
सदरमुकाम खलंगा र पातासारी गाउँपालिकालाई जोड्ने उर्थुचौतारामा पक्की पुल नबन्दा एम्बुलेन्स लगायत अन्य सवारीसाधन संचालन समस्या भएको हो । पातारासी गाउँपालिकाका विरामी बोग्नका लागि एम्बुलेन्सको जोहो भएपनि उर्थु चौताराको पुल नबन्दा मुख्य समस्या भएको छ ।
समयमा पुल निर्माण नहुदा गाँउपालिकाबाट विरामी ल्याएर एम्वुलेन्स नदीको टेउसम्म पुर्याउने गरेको गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहोराले बताए । उनले भने छिटोपुल निर्माणका लागि ठेकेदारलाई ताकेता गरेका छौँ ठेकेदारले जेठ महिनासम्म पुल सम्पन्न भई सवारी साधन संचालनमा आउने आश्वासन दिएका छन् । पुल निर्माणका लागि पिलर निर्माण भएका छन् अब स्याल्प हाल्न बाँकी रहेको अध्यक्ष बोहोराले बताए ।
पातारासी गाँउपालिकाका स्थानीय धर्मसिंह बोहोराले भने उर्थुचौतारा निर्माणधिन पुल नबन्दा गाउँपालिकामा उत्पादित कृषि उपजहरु गाउँमै थन्किने गरेका छन् भने सदरमुकाम आउनका लागि पैदल १ दिनको बाटो हिड्नु पर्ने बाध्यता छ ।
जिल्ला प्राविधिक कार्यालय बेखबर
उर्थुचौतारामा निर्माणधिन पक्की पुलका विषयमा आफुलाई जानकारी नभएको जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख राजकुमार गोहित बताए । उनले भने म भन्दा पहिलाको प्रमुख ईन्जिनियर भएको समयमा सम्झौता भएर काम शुरु भएको हो अहिले त्यो सम्झौता फाईल कहाँ छ र आयोजना पनि कुन अवस्थामा पुगेको छ भन्ने कुनै जानकारी छैन । त्यसको लागत कति हो कति बर्षमा सम्पन्न हुने हो त्यो पनि जानकारी नभएको प्रमुख गोहितले बताए ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस