अपाङ्गता दिवसमा १० जनालाई कम्बल र हर्लिक्स वितरण

जुम्ला ः देशभर २९ औ अपांङ्ता दिवस मनाईएको छ । कोरोना भाईरसका कारण ठूला औपचारिक कार्यक्रम हुन नसकेपनि देशभर भर्चुअल छलफल अन्तरक्रिया, शुभकामना सन्देस, सहयोग तथा राहात बितरण गरिएका छन् ।
कर्णालीका जिल्लामा स्थानीय तहसँग समन्वय गरी कार्यक्रम आयोजना गरि मनाईएका छन् । हरेक बर्ष गैरसरकारी संस्थाको पहलमा हुने कार्यक्रम अहिले स्थानीय सरकारले दिवस मनाउन सुरु गरेका हुन् । चन्दननाथ नगरपालिकाले नगरपालिका स्तरका पूर्ण अशक्त अपांगता भएका १० जना व्यक्तिलाई औपचारिक कार्यक्रम गरी कम्वल र हर्लिक्स बितरण गरेको छ । नगर उपप्रमुख अप्सरादेवि न्यौपाने महतले अव स्थानीय सरकारले अपांगता भएका र विपन्न वर्गका लागि योजना बनाएर काम गर्ने बताए । उनले अभिभावक विहिनका लागि राज्य अभिभावक बन्ने दिन अव आएकाले योजना बनाएर अगाडि बढ्ने बताइन् ।
“कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासका लागि हामी सवैको प्रतिवद्धता” भन्ने मुल नारा सहित मनाईएको दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत कृष्ण बरामले समाजमा सवैभन्दा बढि अपंगाङ्गता भएका व्यक्तिलाई राज्यले हेनुपर्ने भएको बताए ।
अपांग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालले स्थानीय सरकारले अपांगता सवालमा जोड नदिएको भन्दै ध्यान दिन अनुरोध गरे । उनले हिजो महिला विकास कार्यालय हुदा हुने काममा अहिले समावेशी काममा सुस्त भएको बताए । यसैगरी जिल्लाका विभिन्न स्थानीय तहमा दिवस मनाईएको छ । जिल्लाको तिला गाउँपालिका, तातोपानी सहित गाउँपालिकाले भब्य रुपमा दिवस मनाएका छन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस