बालबालिकाको चौतर्फी विकासका लागि ‘बालसाहित्य’ अपरिहार्य छ


यशु श्रेष्ठ नेपालका चर्चित बालसाहित्य लेखक, सर्जक एवं अभियन्ता हुन् । उनी बालबालिका र बालसाहित्यका क्षेत्रमा समर्पित युवा सर्जक हुन् । उनी यस क्षेत्रमा निकै क्रियाशील छन् । उनका डेढ सयभन्दा बढी बालपुस्तकहरू प्रकाशित भइसकेका छन् भने दर्जनौँ पुस्तकहरूको सम्पादन गरिसकेका छन् । उनी कुशल कथावाचक र प्रशिक्षक पनि हुन् । बालसाहित्य सिर्जनामा विभिन्न नयाँ प्रयोगहरू गर्न रुचाउने उनी सिर्जनशील नयाँ पुस्ता निर्माणमा समेत लागि परेका छन् ।
विभिन्न पुरस्कार र सम्मानहरूले सम्मानित भइसकेका उनी नेपाली बालसाहित्यसँग सम्बन्धित कथावाचक समाज तथा नेपाल बालसाहित्य समाज जस्ता संस्थासँग आवद्ध छन् । उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा परामर्शदाताको रूपमा काम गरिरहेका छन् । बालसाहित्ययका  सर्जक यशु श्रेष्ठ संग बालसाहित्यका विषयमा कर्णाली पोष्टले गरेको कुराकानीको सार ः
१,तपाईँ बालसाहित्य किन र केका लागि लेख्नुहुन्छ ?
बालबालिका मेरा लागि प्रिय छन् । उनीहरूको भविष्यमाथि चिन्तित छु । असल शिक्षा प्राप्त बालबालिकाबाट नै असल परिवर्तनको थालनी हुन्छ । राष्ट्रको भविष्य उनीहरूमाथि निर्भर छ । उनीहरू असल र राम्रो भए, राष्ट्र नै असल, राम्रो र विकसित हुन्छ । त्यसैले ‘बालबालिकालाई असल मार्ग देखाउन पाए उनीहरूलाई सकारात्मक सोचको धनी र प्रसन्न बनाउन पाए भन्ने हुटहुटी र चिन्तनले नै म बालबालिकाका लागि लेखिरहेको छु ।
पठन संस्कार र संस्कृतिको विकासका लागि पनि बाल्यकालदेखि नै पहल जरुरी छ । बालबालिकाहरूका लागि राम्रो लेखियो भने उनीहरू यसतर्फ आकर्षित हुन्छन् । पढ्ने बानी लाग्छ । पढ्ने बानीले मानिसलाई चेतनशील, विवेकशील, धैर्यवान, कल्पनाशील, सिर्जनशील, क्षमतावान, तर्क गर्न सक्ने शैलीको विकास, असल, शान्त, ज्ञानी हुन्छन् । यसले चौतर्फी विकासमा मदत पु¥याउँछ । बालबालिकाको चौतर्फी विकास हुनु भनेको हरेक क्षेत्रमा चौतर्फी विकास र समुन्नतिको ढोका खोलिनु हो । यसैले हरेक दृष्टिले जग बलियो बनाउन म जगका लागि अर्थात बालबालिकाका लागि लेखिरहेको छु, बालसाहित्यको विकासका लागि लेखिरहेको छु । यसरी लेख्दालेख्दै अब यो मेरो पेशा नै बनिसकेको छ । त्यसैले पनि लेखिरहेको छु ।
२. बालसाहित्य कस्तो हुनुपर्छ ?
बालसाहित्य यस्तै हुनुपर्छ भन्ने सर्वश्रेष्ठ मानक छ जस्तो मलाई लाग्दैन । समय र परिवेशअनुसार पाठकको रुचिमा भर पर्ने कुरा हुन् । पढ्न रमाइलो हुँदोरहेछ भन्ने मनमा पर्न सक्ने, पाठकका रुचिअनुरूप उनीहरूको मनलाई छुने गरी, कौतूहलले भरिएकोे, यो पुस्तक त मेरै लागि लेखिएको रहेछ भन्ने बनाएर उनीहरूको उमेर सुहाउँदो गरी लेखिएका ज्ञान र मनोरञ्जनले भरिपूर्ण पुस्तक हुनुपर्छ, जसले पाठकको मन छोओस, भावनालाई समेटोस र मस्तिष्कमा झन्कार पैदा गरिदिओस् ।
३. बालसाहित्यले नानीबाबुहरूलाई कस्तो प्रभाव पार्छ  ? यसले कस्तो भूमिका खेल्छ ?
बालसाहित्यले पक्कै पनि बालबालिकालाई असल मार्गमा डो¥याउँछ नै । उनीहरूका लागि मिठो खानेकुरा भनेझैँ, मिठो पढ्ने कुरा हो बालसाहित्य । मिठो गरी बुझ्ने, रमाउने, अन्तक्र्रिया गर्ने, थाहा पाउने, जिज्ञासु बनाउने, प्रश्न गर्न सिकाउने, तर्क गर्न सक्ने, समाज बुझ्न मदत गर्ने, नेतृत्व गर्न लायक बनाउने, नयाँ तरिकाबाट संसारलाई नियाल्न सिकाउने, सरल तरिकाले जीवन बुझ्न सक्ने बनाउने, कोमलता भर्ने चिज हो बालसाहित्य । बालसाहित्यले पठनको खुड्किलोलाई थप सजिलो बनाउँछ र पढ्नुपर्छ भन्ने भावनाको विकास गर्छ । जीवनमा धेरै परीक्षा हुन्छन्, त्यसलाई पार गर्नुपर्छ भन्ने कुरालाई दिमागमा भर्छ । उनीहरूलाई रचनात्मक, सामाजिक, चेतनशील बनाउँछ । सांस्कृतिक संरक्षण र आदानप्रदानका लागिसमेत बालसाहित्यको भूमिका रहन्छ । विद्यालयको शिक्षाका लागि त बालसाहित्य अक्सिजन सरह हो । यसको भूमिकाको गहिराइ मापन गर्न कठिन छ ।
४. अभिभावकले बालसाहित्य किन पढ्नुपर्छ ?
बालबालिकाको आदर्श भनेकै शिक्षक÷अभिभावक हुन् । उनीहरूले शिक्षक÷अभिभावकलाई ऐनासरह मानिरहेका हुन्छन् । शिक्षक÷अभिभावकले जे जस्तो सिकायो, त्यो नै राम्रो मानिरहेका हुन्छन् । जे जस्तो ग¥यो, त्यो नै गर्न खोजिरहेका हुन्छन् । राम्रो नलागे प्रश्न पनि गर्लान् । यो प्रश्नको जवाफ दिन सक्ने हुन पनि शिक्षक÷अभिभावकले बालसाहित्य पढ्नु पर्छ । बालबालिकाले आपूmलाई आदर्श मान्ने भएकाले बालबालिका पढून् भन्ने चाहँदा आपूm पनि पढ्नु पर्छ । त्यो बानी बालबालिकामा सर्दछ । बालव्यवहार बुझ्न, बालबालिकाको प्रिय हुन, बालबालिकाका लागि शब्दकोश बन्न, बालबालिकालाई सही मार्ग देखाउन, सजिलो गरी उनीहरूलाई सिकाउन, उनीहरूका लागि कुन स्तरको पुस्तक चाहिँदो रहेछ भनेर थाहा पाउन, उनीहरूसँग घुलमिल गरी नयाँ कुराको सिर्जन गर्न आदिका अभिभावकले बालसाहित्य पढ्नु पर्छ । अभिभावकले पनि बालसाहित्य पढेर रमाइलो मान्न र नयाँ कुराहरूमा बालबालिकासँग बहस गर्न सक्दछन् ।
अर्को कुरा बाल्यकाल धेरै मानिसलाई मन पर्छ । ‘पुनः बाल्यकालमा फर्कन पाए’ भन्ने पनि लाग्छ । भौतिक रूपमा नभए पनि अभौतिक रूपमा बालसाहित्यले शिक्षक÷अभिभावकलाई बाल्यकालमा फर्काउन मदत गर्छ नै । आहा, यी यस्ता कुराका लागि शिक्षक÷अभिभावकले बालसाहित्य अध्ययन गर्नुपर्छ ।
५. बालसाहित्यको अवस्था कस्तो छ ?
बालसाहित्यको अवस्था एकदमै सन्तोषजनक रहेको छ । यही व्रmममा विकास हुँदै जाने हो भने यसको भविष्य सोचेकोभन्दा पनि राम्रो, असल र अव्वल हुने छ र हुनु पनि पर्छ । गर्नुपर्ने कामहरू चाहिँ धेरैधेरै नै छन् । सिर्जना गर्नु पर्ने कुराहरू धेरै छन् । उँचो बनाउनु पर्ने मार्गहरू धेरै छन् ।  तर निराश हुनुपर्ने, केही भएकै छैन भन्नु पर्ने कहीँकतै छैन । असाध्यै सुन्दर तवरले अगाडि बढिरहेको पाउँछु म ।
, बाल साहित्यप्रति वर्तमान समयमा शिक्षक अभिभावकको बुझाई कस्तो छ ?
बल साहित्य प्रति समुदाय शिक्षक अभिभावकको बुझाई निकै न्युन छ । किन चाहियो र बाल साहित्य भन्नेहरु पनि धेरै छन् । हामीले बुझाउन नसकेर पनि होला तर बाल साहित्य अपरिहार्यताको विषय हो । गैरसरकारी क्षेत्रले यस क्षेत्रमा थुप्रै काम गरेका छन् । विगतको भन्दा बाल साहित्यको विकास त हुदै छ । तर बालबालिको व्यवहारिक जीवनमा कार्यान्वयन भने लक्ष्य अनुसार हुन सकेको छैन् । बाल साहित्यको बारेमा चेतना फैलाउन सिकाउन दुर्गम जिल्लाहरुमा  पुग्ने गरेको छु । ढिलो चाडो बाल साहित्यले हाम्रा अभिभावक समुदायको मनस्थितीलाई बदल्ने छ भन्नेमा विश्वस्त छु ।
७, कहिलेबाट बाल साहित्य लेख्न शुरु गर्नुभयो । हाल सम्म कति पुस्तक प्रकाशित छन् ?
मैले लेख्न शुरु गरेको खासमा २०६२÷६३ बाट हो । तर मेरो साहित्य तर्फको कलम कक्षा आठ पढ्दै देखि शुरु भएको हो । मेरा गुरुहरुको साथ, उत्प्रेरणका कारण मेरो बाल साहित्यको यात्रा शुरु भयो । शुरुशुरुमा मैले ठुला किताब प्रकाशीत गरे । पछि बालबालिको चौतर्फी विकासका लागि बाल साहित्य तर्फ लागे । जुन यात्रा अहिले सम्म पनि जारी छ । हाल सम्म करिब १ सय ५० भन्दा बढी बालकथाका किताब प्रकाशीत भईसकेका छन् । केही हुने क्रममा पनि छन् । अन्त्यमा आम अभिभावक शिक्षा प्रेमी महानुभावले बाल साहित्यको महोत्व र आबश्यकता बुझी हरेक बालबालिकाको व्यवहारिक जीवनमा लागु गर्न आग्रह गर्दछु ।

तपाईको प्रतिक्रिया