जुम्लामा राजाबादीको प्रदर्शन, राजसंस्था पुनस्र्थापना गर्न माग


जुम्ला ः राजनीतिक प्रणाली उल्टाउन खोज्नेविरुद्ध एक हुन आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकै दिन कर्णाली प्रदेशको जुम्लामा राजसंस्था पुनस्र्थापनाको मागसहित प्रदर्शन गरिएको छ ।
राजा आउ देश बचाउ जस्ता नारा घन्काएर जुम्ली राष्ट्रबादी समुहको आयोजनामा यहाँको सदरमुकाम खलङ्गामा मोटरसाइकल ¥यालीसहितको प्रदर्शन गरेको हो । यस प्रदर्शनमा भने राप्रपा जुम्लाको पुर्ण समर्थन जनाएको जिल्ला अध्यक्ष बेदबहादुर शाहीले बताए ।
जुम्लामा राजसंस्थाको पुर्नस्थापनाको माग गर्दै प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरूले राजसंस्था पुर्नस्थापना गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, भ्रष्टहरूमाथि कारबाही गर्नुपर्नेलगायतका नारा लगाएका थिए ।


उनीहरूले राजाको श्रीपेच, नेपालको नक्सा र नेपाली झण्डा प्रयोग गरेर प्रदर्शनमा उत्रिएका थिए ।
प्रदर्शनकारीहरूले जुम्लाको सदरमुकाम खलंगास्थित मुख्य–मुख्य स्थानमा प्रदर्शन गर्दै मुख्य चोकमा कृष्ण मन्दिर अगाडी सभा सम्पन्न गरेका थिए । प्रदर्शनमा राप्रपाका जिल्ला स्तरदेखि केन्द्रीय नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस