पढाई शिविरको प्रभावःतीन वर्षमा ४ हजार बालबालिका विद्यालय पहुँचमा

सागर परियार जुम्ला । 


दुर्गमका बालबालिकाको आनीबानी सुधार,पठन सिप विकास तथा विद्यालयमा बालबालिको पहुँच बृद्धिका लागि जूम्लामा संचालित पढाई शिविर प्रभावकारी बन्दै गएको पाइएको छ । आधाभूत तहका बालबालिकालाई विद्यालय पहुँचमा ल्याउन तथा आनीबानी सुधारका लागि पढाई शिविर प्रभावकारी भएको स्थानीयले बताएका छन् ।

पढाई शिविर संचालन पश्चात पातारासी गाउँपालिका ५ माथि लोर्पाका ४ वर्षिय लोकेन्द्र बोहोराको आनीबानीमा सुधार आएको छ । कक्षा २ मा पढ्ने बोहोरा १० बजे विद्यालय जाने र ११÷१२ नबज्दै घर भागेर आउने उनको बानी अहिले बदलिएको छ । गाउँमा पढाई शिविर संचालन भएपछि कथा, कविता गित, चित्रका माध्यमबाट पढाउन थालेपछि लोकेन्द आजभोली विद्यालयमा नियमित आउँछन् ।

लोर्पाकै कक्षा ३ मा पढ्ने हेमन्त बोहोरा पनि पहिले दैनिक स्कुलबाट भागेर घर जान्थे । भने, अधिकांश समय विद्यालय जान मान्दै थिए । तर अहिले गाउँमा पढाई शिविर संचालन भएपछि शनिवार पढाई शिविर र अघिपछि विद्यालय जान आफै तयारी हुने गरेको हेमन्तकी आमा सुनकली बोहोरा बताँछन् ।

अधिकांश बालबालिका स्कुल जानै मान्थेनन, बोहोराले भनिन, “जति फकाएपनि नमान्ने सधै भागेर घर आउँदा कसरी स्कुल पठाउने भन्ने चिन्ता पढाई शिविरले चट् गरिदिएको छ । बालबालीका निकै सुध्रिएका छन् ।

पढाई शिविरमा बालबालिकाको चाहाना अनुसार गित,कथा,कविता,खेल, चित्रका माध्यमबाट पढाईन्छ । जसले गर्दा बालबालिका धेरै आर्कषित भए । तातोपानीकी सहजकर्ता अनिता बुढाका अनुसार पढाई शिविर जस्तै बालमैत्री बाताबरण विद्यालयमा भएका कारण बालकालिकाको पहुँच बृद्धि भएको हो ।

तीनवर्ष पहिले धुलोमाटो खेल्ने,विद्यालय नजाने, लोकेन्द्र, हेमन्त, शुसिला, विपना जस्ता जुम्लाका ४ हजार बढी बालबालिकाका विद्यालयको पहुँचमा आएका छन् भने, आनीवानी सुधारदेखि पठन सिप विकास भएको किर्डाक नेपाल जुम्लाका फिल्ड कार्यक्रम म्यानेजर दिपराज रावतले बताए ।

शिक्षा परियोजनानले तिला, तातोपानी र पातारासीका १५ विद्यालयमा बालबालिकाको पहु्ँच बृद्धि,पठन सिप विकास, छापामय कक्षा कोठा, बालकथा निर्माण, शिक्षकलाई तालिम, अभिभावकलाई विद्यालय सुधार सम्बन्धी जनचेतना, बालमैत्री चिन्ह सहितका धारा तथा शौचालय निर्माण, राष्ट्यि स्तरका शिक्षा नीतिको स्थानीयकरण,पढाई कुना निर्माण लगायत शिक्षा क्षेत्रमा उल्लेखीय काम गरेको छ ।

उहाँका अनुसार शिक्षा परियोजनाका तीन वर्षे अवधिमा पढाई शिविरबाट जुम्लाका करिब ४ हजारबढी बालबालिका प्रत्यक्ष लाभान्वित भएका छन् । उनले भने,“पातारासीको शंकर आधाभूत विद्यालयमा पहिला ५०÷६० विद्यार्थी मात्रै थिए । पढाई शिविर संचालन, छापामय कक्षा कोठा निर्माण, बालकथाबाट शिक्षण र शिक्षक अभिभावकलाई जनचेतना, तालिम दिए पश्चात हाल साढे ३ सय विद्यार्थी पुगेका छन् ।”

साथै सरकारले बनाएका शिक्षा नीतिलाई स्थानीयकरण गरिएको छ । गाउँशिक्षा योजना, स्थानीय शिक्षा नीति निर्माणमा शिक्षा परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग गरेको उनको भनाई छ

भने, ८० प्रतिशतघरमा पढाई कुना निर्माण भएका छन् । तिलामा २२, तातोपानीमा १३ र पाताासीमा २८ वटा गरी ६३ पढाई शिविर संचालित थिए । ६३ जना यूवतीले रोजगारी समेत पाएका थिए । कोरोना महामारीमा पनि पढाई शिविरले बालबालिकाको शैक्षिक विकासमा महत्वपुर्ण भुमिका खेलेको थियो । पढाई शिविर बालबालिकाका लागि प्रभावकारी भएपछि पातारासी गाउँपालिकाले आफ्नै लगानीमा ३ वटा पढाई शिविर थप गरेको छ ।

शिक्षा परियोजना हस्तान्तरण
जुम्लाको शैक्षिक क्षेत्र सुधारमा महोत्वपुर्ण योगदान दिईरहेको शिक्षा परियोजना पातारासी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । वल्डभिजनको आर्थिक सहयोग तथा किर्डाक नेपालका साझोदारीमा संचालित उक्त परियोजनाको कार्यवधि सकिएपछि मंगलबार एक औपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले पढाई शिविरको प्रभावकारीताले बालबालिकाको विद्यालयमा पहुँच बृद्धि भएको बताए । दुर्गम क्षेत्रको शैक्षिक क्षेत्र सुधारमा शिक्षा परियोजना, पढाई शिविर कोशे ढुंगा सावित भएको उनको भनाई छ । भने, पढाई शिविर निरन्तरताका लागि पालिकाले आबश्यक बजेट छुटाउने अध्यक्ष बोहोराको प्रतिबद्धत छ ।

वल्डभजिनका फिल्ड अपरेशन म्यानेजर चेतराज भट्राईले वल्र्डभिजनले किर्डाक संग समन्वय गरी विगतमा शिक्षा क्षेत्रमा काम गरेको बताए । सन् २०२१ देखि २५ सम्म बाल संरक्षण तथा पोषण र उत्थानशील जिविकोपार्जन दुई परियोजनामा रहि काम गर्ने उल्लेख गरे । शिक्षा, स्वास्थ्य र कृषिको विकास बिना समृद्ध देश निर्माण सम्भव नभएकाले वल्डभिजनको आगामी कार्यदिशा कृषि शिक्षामा रहेको बताए ।

पातारासीका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढ्थापाले कृषि, स्वास्थ्य र शिक्षाका क्षेत्रमा वल्र्डभिजन र किर्डाकले द्धन्द्धकालदेखिनै उल्लेखीय काम गरेको भन्दै प्रशंसा गरे । पढाई शिविरले जुम्लाका सयौ बालबालीकाको आनीबानी सुधार गरी विद्यालय पहुँचमा बृद्धि गर्न सफल भएकाले आगाामी दिनमा स्थानीय सरकारले लगानी गर्ने उनको भनाई छ ।

करिब साढे ३ वर्ष जुम्लामा संचालित शिक्षा परियोजना सकिएको छ । वल्र्डभजिनका फिल्ड कार्यक्रम प्रमुख केशवराज भट्ले भने,”तीन वर्षमा प्रारम्भीक कक्षा पढाई कार्यक्रम,विद्यालय सुधार ढाँचा र नागरिक आवाज तथा कर्तव्य कार्यक्रम अन्तरर्गत विभिन्न गतीविधि गर्दै परियोजना सकिएको छ ।”
शिक्षा परियोजना हस्तान्तरणका क्रममा पातारासी गायँपालिकाका २८ जना सहजकर्तालाई सम्मान पत्र सहित सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस