गुठिचौर गाउँपालिका जुम्लाको केन्द्रको लागि जग्गा खरिद सम्बन्धि सिलवन्दि वोलपत्र आवह्वान गरिएको सूचना

गुठिचौर गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

धलमुडी, जुम्ला

कर्णाली, प्रदेश

गुठिचौर गाउँपालिकाको केन्द्रको लागि जग्गा खरिद सम्बन्धि सिलवन्दि वोलपत्र आवह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति ः २०७७।०९।०६)

चलु आ.व. ०७७।०७८ मा गाउँसभावाट स्वीकृत बजेट बमोजिम यस गाउँपालिकाको प्रमुख प्रशासकिय केन्द्रको लागि अपुग जग्गा खरिद गर्नु पर्ने भएकोले गुठिचौर गाउँकार्यपालिकाले पारित जग्गा प्राप्ति कार्यविधि २०७७ बमोजिम योग्यता पुगेको ईच्छुक जग्गा धनिहरुले यो सुचना प्रकाशित भएको मितिले ३० (तिस) दिन भित्र गुठिचौर गाउँपालिकाको कार्यालयमा जग्गा प्रप्ति कार्यविध २०७७ बमोजिम खामबन्दि गरि निवेदन दिनहुन यो सुचना प्रकाशित गरियको छ ।

(क) गुठिचौर गाउँपालिकाले खरिद गर्ने जग्गाको चार किल्ला देहाय बमोजिम रहेको छ ।

१. पुर्वमा गुठिचौर गाउँपालिकाको वडा नं. ४ मा रहेको स्वास्थ्य चौकि ।

२. पश्चिममा धलमुडिको ट्रस व्रिज ।

३. उत्तरमा दानसागु गोरुआडार वाटो ।

४. दक्षिणमा तिला नदि ।

नोट ः माथि उल्लेखित चार किल्ला भित्रको जग्गाले हाल रहेको गुठिचौर गाउँपालिकाको प्रमुख प्रशासकिय केन्द्र संग जोडियको हुन पर्ने छ ।

(ख) खरिदको लागि गाउँपालिकालाई जग्गा उपलब्ध गराउन चाहाने ईच्छुक महानुभावहरुले निवेदन पेश गर्दा निवेदनमा आफ्नो सहिछाप सहित देहाय बमोजिम विषय उल्लेख गर्नु पर्ने छ ।

१. उपलब्ध गराउन चाहेको जग्गा प्रति वर्ग मिटर के कति दररेटमा उपलब्ध गराउन सकिने ।

२. जग्गा रहेको स्थान ।

३. उपलब्ध गराउन चाहेको जग्गाको कित्ता नं र क्षेत्रफल ।

(ग) विशेष अधिकार

१. सिलबन्दि पत्र ३१ औ दिन दिनको २ बजे प्रतिनिधिको रोहावमा गाउँपालिकामा खोलिने छ ।

२. पेश भएका कागजात छानविन गर्ने बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार गाउँपालिकामा निहित रहने छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस