उज्यालो पालिका घोषणाको तयारीमा पातारासी


?

जुम्ला । जुम्लाका आठै स्थानीयतह मध्य पातारासी गाँउपालिका विद्युतमा आत्मनिर्भर पालिका हो । स्थानीय सरकार आए पश्चात पातारासीका गाउँगाउँमा १५ वटा विद्युत आयोजना निर्माण भइ संचालनमा आएका छन् । १५ देखि १ सय किलोवाट सम्मका १५ आयोजना निर्माण भई संचालन भएपछि पातारासी दुर्गम बस्ती झिलिमीली भएका छन् । भने, जिल्लाकै पहिलो उज्यालो पालिका घोषणा गर्ने तयारीमा पातारासी जुटेको छ ।

पातारासीमा ५८ किलोवाटको विउरेनी विद्युत आयोजना,२५ किलोवाटको लुम विद्युत आयोजना,२५ किलोवाटको तल्फी जलविद्युत आयोजना, ४५ किलोवाटको त्रिबेणी जलविद्युत आयोजना, २५ किलोवाटको माथि लोर्पा विद्युत आयोजना, रिनीमा ९ किलोवाट,पटमारामा १२ किलोवाट विद्युत आयोजना निर्माण भएका छन् ।

साथै, तलि लोर्पामा ५ किलोवाट, लाम्रीमा ९ किलोवाट, महरीमा ६ किलोवाटको विद्युत आयोजना गरी पातारासी गाउँपालिकामा १५ वटा विद्युत आयोजना निर्माण भई संचालन भएका हुन् । १५ वटा विद्युत आयोजना मध्य ११ वटा आयोजनाबाट साढे दुई सय किलोवाट विद्युत उत्पादन भईरहेको छ ।

घरघरमा बत्ती पुगे संगै टुक्कीकै भरमा दिन गुजारीरहेका पातारासीका १७ हजार बढी नागरिकले खुसी व्यक्त गरेका छन् । स्थानीय तारा बहादुर बोहोराले भने,“विद्युतको पहुँच पुगेपछि झरो बाल्ने बाध्यता पनि हट्यो । बालबालिकाले सहज रुपमा पढ्न पनि पाएका छ् । बन्द रहेका फर्निचर उद्योग तथा साना जडिबुटी उद्योग पनि संचालन हुने अबस्थामा पुगेका छन् ।”

विद्युत क्षेत्रको विकासलाई पहिलो प्रथामिकता दिएको पातारासीले साढे तीन वर्षमै घरघरमा विद्युतीय पहुँच विस्तार गर्न सफल भएको अध्यक्ष लछिमन बोहोराको दाबी छ । अध्यक्ष बोहोरा भन्छन्,“गर्भ गर्ने खालको विकास भनेकै हामीले विद्युतको क्षेत्रमा गरेका छौ । साढे तीन वर्षमा पालिकाभरीका करिब २७ बस्तीका ३४ सय घरधुरीलाई विद्युतको पहुँचमा पुराउन सफल भयौ ।”

सडक, खानेपानी, कृषि, जडिबुटिका क्षेत्रमा काम नभएको भन्ने हैन् । तर देखिने खालको विकासको महसुश हुनेगरी विद्युत क्षेत्रमा अपेक्षित उपलब्धी हासिल गरेकोमा अध्यक्ष बोहोराले खुसी व्यक्त गरेका छन् ।

पातारासीका १ देखि ७ नम्बर वडाका बस्ती बस्तीमा ५ देखि १ सय किलोवाट सम्मका विद्युत आयोजना निर्माण भई संचालनमा आएका छन् । पातारासी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढ्थापा भन्छन,“पावर हाउसका कर्मचारीलाई तलब र मेसिन मर्मत खर्च सबै पालिकालेनै व्यवहोर्ने गरी पालिकाभरीका ३४ सय घरधुरीलाईनै निशुल्क बत्ती दिने व्यवस्था गरेका छौ ।”

पातारासीमा पानीको स्रोत प्रयाप्त भएकोले स्थानीय सरकारको लगानी र प्रथामितका पनि जलविद्युतमै पर्यो । जसका कारण अन्य क्षेत्रको विकास भन्दा विद्युत क्षेत्रको विकास प्रभावकारी भयो । भने, अन्य विकास भन्दा नागरिकले विद्युतबाट संघियताको महसुश गरेको प्रमुख प्रशासकिय अधिकृत बुढ्थापाको भनाई छ ।

साथै १ मेगावाट चुकेनी जलविद्युत आयोजना निर्माणका लागि पातारासी गाउँपालिकाले २ करोड सेयर लगानी गरेको छ । चालु आवमै जिल्लामै पहिलो उज्यालो पालिका घोषणा गर्ने तयारीमा जुटेको अध्यक्ष बोहोराको भनाई छ । विद्युत अबरुद्ध भएका १÷२ बस्तीमा लाईन विस्तार तथा टान्समिटर जडानको कार्यलाई अघि बढाइएको छ । निकट भविष्यमै पातारासी गाउँपालिका उज्यालो पालिका घोषणा हुदै छ ।

तपाईको प्रतिक्रिया