प्रदेश नं‌. ६ को नाम ’कर्णाली’, स्थायी राजधानी सुर्खेत


सुर्खेत ः प्रदेश ६ को नाम कर्णाली र राजधानी सुर्खेत राखिएको छ । प्रदेश सभाको बैठकले प्रदेशको नाम कर्णाली राख्ने मन्त्रिपरिषद्को प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको सामाजिक विकास मन्त्री दलबहादुर रावलले जानकारी दिए । यो बैठकले नै प्रदेशको स्थायी राजधानी पनि सुर्खेतलाई तोक्ने निर्णय गरेको छ ।

यसअघि नाम र स्थायी राजधानीका लागि दुईरदुईनाम मन्त्रिपरिषद्ले प्रस्ताव गरेको थियो । ‘भेरी कर्णाली’ र ’कर्णाली’ नाम प्रस्ताव गरिएकोमा कर्णाली नै पारित भएको हो ।

राजधानीका लागि सुर्खेत र जुम्ला प्रस्ताव गरिएको थियो । अन्ततस् शनिबार बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम ‘कर्णाली’ राख्ने निर्णय गरेको छ ।

प्रदेश सभादेखि मन्त्रिपरिषद्सम्म कर्णाली हावी भएका कारण प्रदेशको नाम कर्णाली राख्न सहज भएको हो । मुख्यमन्त्री महेन्दबहादुर शाही, मन्त्रीहरु नरेश भण्डारी र रावल कर्णालीबाट छन् । यसअघि केन्द्र सरकारले प्रदेशको अस्थायी राजधानी सुर्खेत तोकिदिएको थियो ।

प्रदेश ६ का आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश ६ को नामाकरण ’कर्णाली’ र राजधानी सुर्खेत राख्ने निर्णय प्रदेश सभा बैठकबा६ सर्वसम्मत गरिएको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया