पृथ्वीजयन्ती र राष्ट्यि एकता दिवसमा कता लुके ‘कम्युनिष्ट काँग्रेस’ ?

सागर परियार ।


कुर्चीका लागि सदन र सडक तताउने कम्युनिष्ट तथा काँग्रेस पृथ्वीजयन्तीमा लुकेका छन् । नेपाल एकिकरण अभियानका नायक पृथ्वीनारायण शाहको २९९ औं पृथ्वी जयन्तीमा देशका दुई ठुला पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस लुकेका हुन् ।

जुम्लामा पुस २६ गते सम्म संसद विघटनको पक्ष र विपक्ष, पद प्रतिष्ठा र कुर्चीका लागि नाराबाजी, प्रर्दशन गर्ने जुम्लाका कम्युनिष्ट, काँग्रेसहरु सोमबार पृथ्वीजयन्तीमा लुकेर कतै देखिएनन् । जुम्ला मात्र नभई देशभरकै अबस्था हेर्दा पृथ्वी जयन्तीमा कम्युनिष्ट,काँग्रेस लगायत अन्य पार्टीहरु कुनै कार्यक्रम गरेको पाइएन् ।

राष्ट् र राष्ट्यिको खोक्रो नारा लगाउदै हजारौ कार्यकर्ता सडकमा ल्याउने दुई ठुला दलले सोमबार राष्ट्यि एकता दिवशका अबसरमा भने १०÷१५ जना मान्छे ल्याउन सकेनन् । सडक र सदनमा राष्टबादको नारा लगाउनु भनेको देश र जनताका लागि हो ? या आफ्नो पद प्रतिष्ठा र कुर्चीको लागि हो ? भन्ने कुरा प्रष्ट भएको राप्रपाका जिल्ला नेता पुर्णसिंह कठायतले बताए ।

उनले भने, “जुम्लामा सोमबार राष्ट्यि प्रजान्त्र पार्टीले पञ्चेबाजा सहित २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्यि एकता दिवश मनायो । कार्यक्रममा नागरिकको सहभागिता हेर्दा राष्ट र राष्ट्यिका लागि मरिमेट्नेहरु कम हुदै गएको पृष्टी भयो ।”

पृथ्वी जयन्तीमा लुक्ने,राष्ट् निर्मातालाई नसम्झीने काँग्रेस र कम्युनिष्टले राष्ट् राष्ट्यिता जनताको भलो चिताउँछन् भन्ने विश्वास गर्न नसकिने समेत कठायतको भनाई छ ।

यता,जुम्लाका संस्कृत बिद रमानन्द आर्चायले भने,“राष्ट निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती र राष्ट्यि एकता दिवश मनाउन कुनै दलको कार्यकर्ता हुनु पर्दैन् । तर दुई ठुला पार्टीले पृथ्वी जयन्तीमा कुनै कार्यक्रम नगर्नु दुखद पक्ष हो । कुर्चीका लागि खोक्रो राष्टबाद देखाउने लाई एतिहासले सराप्ने छ ।”

नेपाल विश्व मानचित्रमा सदैव एक स्वाधीन र सार्वभौम राष्ट्रका रूपमा चिनाउन सफल पृथ्वी नारायणको योग्दानलाई कदर गर्न नसकेको प्रति समेत जुम्लाका नागरिक अगुवाले दुख व्यक्त गरेका छन् । विसं १७७९ पुस २७ गते जन्मिनुभएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायणले टुक्रिएका राज्यलाई एकिरण गरि सिंगो नेपाललाई एक बनाएको एतिहास छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस