‘मुक्ति संग्रह अभियान’ सार्वजनिक

जुम्ला ः सशस्त्र द्वन्द्वका क्रममा १३ वर्षको उमेरमा भूमिगत भएकी लक्ष्मीकन्या बुढाको लेख संग्रह ‘मुक्ति अभियान’ विमोचन भएको छ। मंगलबार पेरिसडाँडामा आयोजित एक कार्यक्रमकाबीच नेकपा नेतृ पम्फा भुसालले उक्त पुस्तकको विमोचन गरेकी हुन्।

जुम्लाको गोठीचौर गाउँपालिकामा जन्मिएकी ३२ वर्षीय लक्ष्मीकन्याले आफ्नो तेस्रो कृतिका रूपमा ‘मुक्ति अभियान’ ल्याएकी हुन्। पुस्तकमा महिलामाथि हुने उत्पीडन, शोषण, दमनजस्ता विषयमा लेखिएका १४ वटा लेख राखिएका छन्। उनले पुस्तकमा नेपाली समाजमा महिलाहरुले भाग्नुपरेका समस्यालाई उजागार गर्ने प्रयास गरेकी छन्।

यसअघि उनले ‘कर्णालीमा महिला’ भाग १ र भाग २ गरी दुई पुस्तक बजारमा ल्याएकी थिइन्।

प्रतिक्रिया दिनुहोस