ट्याक्टर दुर्घटनामा हिमाका ९ वर्षिय बालकको मृत्यु

जुम्ला ।
ट्याक्टर दुर्घटना हुँदा जुम्लामा एकजना बालकको घटना स्थलमै मृत्यु भएको छ । बुधबार हिमा गाउँपालिका वडा नं. १ कोईरेलीबाट बालुवा लोड गरी नराकोट तर्फ जादै गरेको हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाको नम्बर नभएको नयाँ टयाक्टरको ढालाबाट खस्दा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हिमा गाउँपालिका वडा नं. २ निवासी ९ वर्षिय हिमाल रोकायाको दुर्घटनामा मृत्यु भएको हो । ढालामा बसेका ३ तीन जनाबाललिका मध्य मृत्यु हुने बालकले ट्याक्टरको अगाडीबाट हाम फालेको कारण घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भीक अनुमान छ । । भने, मृत्तक रोकाया आफन्तले ट्याक्टर साहु उपाध्यक्ष हिमाली रोकाया डेढ घण्टा सम्म घटनास्थलमा नआए नाग्म गमगडी सडक अबरुद्ध गर्ने चेतवानी दिएका छन् ।

साथै सहमती नजुटे सम्म शबलाई पोष्टमार्टमका लागि अस्पताल लिन नदिने राजमार्गमा बाईक पनि चल्न नदिने चेतावनी दिएको आफन्तको भनाईलाई उद्रित गर्दै प्रहरी सहायक निरिक्षक दिपेन्द्रराज पन्तले बताउनुभयो ।

उहाँका अनुसार ट्याक्टर साहुलाई मृत्तकका आफन्तले पर्खिरहेको अन्य अबस्था सामान्यनै रहेको छ । भने, ट्याक्टर चालक हिमा गाउँपालिका १ निवासी १८ वर्षिय नितेश शाहिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थिती नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयको ११ जनाको सुरक्षाकर्मी टोली गएको छ ।

प्रतिक्रिया दिनुहोस