दुईदिनमा २०२ जनालाई कोरोनाविरुद्धको खोप

जुम्ला ः जुम्लामा दुईदिनमा २ सय २ जनालाई कोरोनविरुद्धको खोप लगाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको खोप केन्द्रमा माघ १४ र १५ गते गरी २ सय २ जनालाई खोप लगाएको हो ।
स्वास्थ्यकर्मी र सरसफाईकर्मी गरी २ सय २ जनालाई खोप लगाएको जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईले बताउनुभयो । उहाँले भन्नुभयो खोप लगाउनेमा ८९ जना र १ सय ११३ जना पुरुष रहेका छन् ।
गाउँ तथा नगरपालिकामा खोप केन्द्र स्थापना गरी आज शुक्रबारदेखि हिमा, गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकामा खोप सञ्चालन भईरहेको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले बताउनुभयो । कनकासुन्दरी, पातारासी र सिंजा गाउँपालिका माघ १७ गते र तिला र तातोपानी गाउँपालिका माघ १८ गते कोरोनाविरुद्धको खोप सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।
चन्दननाथ नगरपालिका ५१० जना, पातारासी ११५ जना, गुठीचौर ८४ जना, कनकासुन्दरी १५२ जना, सिंजा १०० जना, हिमा १४३ जना, तिला ११८ जना, तातोपानी गाउँपालिका ११४ जना र ६३ थना थप गरी १ हजार ४ सय जना खोप लगाउने लक्ष्य रहेको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।
जुम्लामा ११ हजार २ सय ६५ जनाको कोरोना आरटीपीसीआर परीक्षण भएको छ । जसमा ४६६ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमण पुष्टी भएको ४६२ जनालाई निको भईरहेको र अझैँ ४ जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय जुम्लाका कम्प्यूटर अपरेटर हरिकृष्ण महतले बताउनुभयो ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस