बिपन्न नागरिकलाई न्यानो (कम्बल र जाकेट) कपडा वितरण

जुम्ला ः जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समितिको कोषबाट विपन्न नागरिकलाई न्यानो कपडा कम्बल र जाकेट वितरण गरिएको छ । जिल्लाभरका विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो ।

हिउँदको चिसोमा हामीलाई जीवन विताउन कठिन हुन्छ, हिमा गाउपालिका – ४ की बैशाखी सार्कीले भनिन, ‘विपन्न नागरिकका लागि न्यानो कपडा कम्बल र जाकेटले राहत मिलेको छ । यो राहतले हामीलाई चिसो कटाउन केही सहज हुने भयो । जिल्ला प्रशासन कार्यालयको यो कार्यले निकै उत्साहित बनाएको छ । प्रजिअले माइनस डिग्र्रीको कठ्यांग्रिदो चिसोबाट बिपन्न नागरिकलाई बचाउन न्यानो कार्याक्रम सं्ञ्चालन गरेका हुन । प्रमुख जिल्ला अधिकारीको टोली गाउँमा न्यानो कपडा लिएर पुगेको देखे स्थानीय खुशी भएका छन् ।
’पहिले पहिले जिल्लाका सिडिओ साप गाउँमा देख्न कठिन हुन्थ्यो । एक सय बर्षको उमेयर बताउने हिमा गाउपालकिा जेष्ठनागरिक देविप्रसाद न्यौपानेले भने, ‘अहिले गाउँमै पुगेर सेवा गर्ने सिडिओ पायौँ । यो गर्व गर्न लायक बिषय हो । सायद जुम्लाबासी सिडिओ भएकोले गाउँमै सेवा पाउन सक्यौँ । जुम्लाबासी सिडिओ भएकोले यहाँका हरेक नागरिकको शुख दुखमा साथ मिलेको अनुभुति छ भएको छ ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापासहितको एक टोली गाउँमा पुगेर १५ जना कनकासुन्दरी र २१ जना हिमा गाउँपालिकाका विपन्न नागरिकलाई राहत स्वरुप जाकेट कम्बल वितरण गरेको हो ।
प्रजिअ थापाले जुम्लामा चिसो समय सुरु भएदेखी विपन्न, अपांग, असहाय बेसाहारा र एकल महिलालाई न्यानो कपडा वितरण कार्य गरिएको बताए । उनले उनीहरुलाई न्यानो कपडा मात्रै बितरण गरेका छैनन । उनिहरुलाई चिसोबाट न्यानो गर्ने तरिकाको बारेमा समेत जानकारी दिएका छन् ।

हिमा गाउपालिका उपाअध्यक्ष हिमाली रोकायाले भनिन् यसले विपन्न परिवारलाई राहत मिलेको छ । यहाँका हिमा गाउँपालिकाले पनि यस्ता प्रकारका गतिविधि पनि गर्दै आएको छ । आगामी दिनमा गर्ने उनले बताईन ।

प्रमुख जिल्ला अधिकारी थापाले विपद व्यवस्थापन कोषबाट चिसो तथा हिमपात पुर्वतयारी योजना अनुसार राहत वितरण गरिको बताए । प्रजिअ थापाले भने आफ्नो प्रशासकको जिम्मेवारी संगैे शनिबारको सदुपयोग गर्दै एकल महिला, विपन्न, तथा सडक मानवहरुलाई राहत वितरण गरिएको हो । उनले भने हिउँदको चिसोमा सडक जीवन बिताइरहेका सडक मानव, जेष्ठनागरिक, बालबालिकालाई न्यानो प्रदान गर्न प्रशासन, सुरक्षाका प्रमुख गाउँगाउँमा पुगेर राहत वितरणको अभियानमा जुटिरहदा नागरिकले सरकारको अनुभुति दिलाएका छौँ ।
प्रशासन कार्यालय जुम्लाले हिमपात योजना निर्माण गरेको छ । जसका कारण विपन्न र सडक मानव प्राथमिकतामा परेका हुन् । चन्दननाथ नगरपालिका, सिंजा गाउँपालिका तातोपानी गाउँपालिका , तिला गाउपालिकाका ,हिमा गाउपालिका गुठीचौर गाउपालिका र कनकासुन्दरी गाउपालिका , बिपन्न तथा बेसहाराहरुलाई राहत वितरण गरेकोे छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस