कर्णाली प्रतिष्ठानका निर्देशक डा.रावल कोरोनामुक्त


सागर परियार ।
कर्णाली स्वास्थ्य विज्ञान प्र्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावल कोरोना संक्रमणमुक्त हुनु भएको छ । लक्षण सहितको कोरोना देखिएपछि ९ दिन होम आइसोलेसन, ५ दिन आइसियु र ३ दिन क्याविनमा बसी उपचार गराएका डाक्टर रावल करिब दुई हप्ता पछि संक्रमण मुक्त भएका हुन् ।

कोरोना महामारीको भयाभव अस्थामा कोरोना रोकथाम तथा नियन्त्रणमा उल्लेखीय भुमिका निर्वाह गरेका डा.रावलले कोरोना भ्याक्सीन आईपुग्ने बेलामा आफु संक्रमित भएकोमा दुख व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,“निकै संघर्ष र कष्टका साथ कोरोनालाई जितियो । धन्न बाचियो । आत्मबल बलियो बनाउँदा बनाउदै पनि कोरोना संक्रमणबाट अछुत भईन् । तर संक्रमण घट्यो भन्दैमा ढुक्क हुने अबस्था छैन् ।”

कर्णालीमा कोरोना संक्रमण नियन्त्रण गर्न अथक प्रयास गरियो अन्तत खोप लगाउने समयमा आफु आइसियुमा उपचाररत हुनुपर्ने अबस्थालाई विडम्बनाका रुपमा डा.रावलले उल्लेख गर्नुभयो । माघ ६ गते संक्रमित भई विभिन्न उपचार पश्चात संक्रमण मुक्त भएका डा. रावलले चाडै काममा फर्किने बताएका छन् ।

शुुरु शुरुको कोरोना संक्रमणको अबस्था भयाभव भएको बेला डाक्टर रावलकै नेतृत्वमा जुम्लामा स्वाब संकलन, पिसिआर परिक्षण,राहत उद्दार लगायतका विभिन्न गतिविधि प्रभावकारी रुपमा भएको थिए ।

सरकारी अस्पतालको सेवा अब्बल
कोरोना संक्रमण भई गम्भीर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा मंगल रावलले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको सेवाको प्रंशसा गरेका छन् । कर्णालीमा रहँदा कोरोना संक्रमित भएका उनी ९ दिन होम आइसोलेसनमा बस्दा स्वास्थ्य स्थिति झन बिग्रिपछि टेकुस्थित सरुवा रोग अस्पतालको आइसियुमा भर्ना भएका थिए ।

५ दिन आइसियु र ३ दिन क्याविनमा बसी उपचार गराएका उनले संक्रमणमुक्त भएपछि सरकारी अस्पताल र त्यहाँका चिकित्सकले आफुलाई बचाएको प्रतिक्रिया दिएका दिनुभयो । उहाँले भन्नुभयो,“आखिर सरकारी अस्पतालले नै बचायो । यहाँको सेवा नै अब्बल छन् । डा. अनुप बास्तोला र उहाँको टीमले निकै राम्रो गर्नुभएको छ ।” उपचाररत रहँदा रेम्डीसिभिर औषधि प्रयोग गरेको जानकारी दिनुभयो । नेपालमा रहेका सरकारी अस्पतालको स्वास्थ्य सेवा विश्वसनिय र गुणस्तरी बन्दै गएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया