चक्रपथले घेरिदै चन्दननाथ नगरपालिका

मानदत्त रावल
संघीय संरचनापछि चन्दननाथ नगरपालिकालाई १० वटा वडामा विभाजन गरिएको छ । कर्णाली अञ्चलकै पहिला चन्दननाथ नगरपालिका हो, देश संघिय पुर्नसंरचना जानु भन्दा पुर्व नै साविकका चार गाविस महत, चन्दननाथ, कार्तिकस्वामी र तलिउम गाविसलाई गाभेर नगरपालिकाको रुपमा घोषणा गरिएको थियो । त्यतिबेला नगरपालिका १५ वडामा विभावित थियो ।
चन्दननाथ नगरपालिका १० वडामा सडक विस्तार भईसकेका छन् । ट्रक खोलेका सडकको स्तरबृद्धि र तिनै सडकलाई जोड्नका लागि पक्की पुल पनि बन्दै गरेको चन्दनाथ नगरपालिकाको कार्यालयले जनाएको छ । साविकको कार्तिकस्वामी गाविस नगरपालिका १० नम्बर बडालाई नगरपालिकासँग जोड्नका लागि कारागार नजिकै पक्की पुल बन्दै गरेको छ ।
सम्झौता मिति अनुसार पुल निर्माण भएन
सम्झौता अनुसार पुल निर्माण नभएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । उक्त पुलको २७ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता रहेको थियो । ०७२ असार २८ गते पुल निर्माणका लागि ठेक्का सम्झौता भएको फिल्ड इन्र्चाज सवईन्जिनियर बलबहादुर ऐडीले बताए । ०७४ असोज २८ गते ठेक्का सम्झौता मिति सकियो तर पुल निर्माण भएन उनले भने एउटा पिलर निर्माण गर्न बाँकी छ भने एक तर्फ पिलर निर्माण भई स्याल्प हाल्न तयार गरिएको छ ।
निर्माणधिन पक्की पुलको लागत भ्याट सहित ५ करोड ५० लाख ५९ हजार ४ सय ५४ रुपैया ३० पैसा रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । निर्माण सम्झौता मिति सकिएको छ त्यसको म्याद थप भएको छैन सवईन्जिनियर ऐडले भने ६ महिनाको म्याद थप कार्यालय प्रमुखबाटै हुन्छ भने त्यो भन्दा माथि क्षेत्रिय र विभागमा नै परामर्श गर्नुपर्ने हुन्छ ।
सम्झौता अनुसार सवै महिनामा काम हुदैन
नगरपालिकालाई चक्रपद जोड्ने पुलको ठेक्काको जिम्मेवारी पाएका ठेकेदार रवि थापाले सम्झौता सवै महिनामा काम गर्ने नमिल्ने भएका कारण सम्झौता अनुसार पुल निर्माण हुन नसकेको बताए । उनले भने बर्षमा पाँच महिना मात्र काम गर्नमिल्छ चिसोको कारण सिमेन्टको काम हुदैन मंसिर देखि फागुन महिनासम्म काम भएन ।
गएका बर्षमा भारतीय नाका बन्दीका कारणले पनि निर्माण सामाग्रीको अभाब र त्यसले गर्दा पनि ढिलो भएको हो । पुलको पिलर निर्माण भई एक तर्फको स्याल्प हाल्ने तयारी भईरहेको छ, अब अर्काे तर्फको पनि फागुन चैतमा हालेर बैशाख महिनासम्म हलुका सवारी साधन गुडाउन मिल्ने हुन्छ ।
ठेकेदार थापाका अनुसार सम्झौता मितिमा पुल निर्माण कार्य सम्पन्न नभएकाले एक बर्ष म्याद थपका लागि सडक कार्यालयसँग लेखापढी भएको छ । पुलको दायाबाँया तिरका जग्गावालाले आफ्नो जग्गा मासिएको भन्दा आवाज उठाईरहेका छन् त्यसका लागि नगरपालिका सडक डिभिजन कार्यालयसँग समन्वय भईरहेको उनले बताए ।
समयमा पुल निर्माण नहुदा समस्या झेल्दै कार्तिकस्वामीबासी
समयमा पुल निर्माण नहुदा एम्बुलेन्स जादैन विरामी स्टेचरमै बोकेर उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पालमा पुर्याउने गरएको चन्दननाथ नगरपालिका १० कार्तिकस्वामीका स्थानीय लोकेन्द्र राज गिरीले बताए । उनले भने अन्य यस ठाउँमा उत्पादन गरिएको कृषि उपज पनि डोकोमा बोकेर खलंगा बजारमा विक्री वितरण गर्ने छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस