नेबासासमा नयाँ कार्यसमितिःदुरदराजमा बाल साहित्य पुराउने लक्ष्य

जुम्ला । नेपाल बालसाहित्य समाजको नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण कार्यव्रmम सम्पन्न भएको छ । नेबासासको विधान– २०४४ (पछिल्लो संशोधनसहित) अनुसार दुई वर्षे कार्यकाल पुरा भई पुरानो समितिलाई बिदाई गरि नयाँ कार्यसमितिलाई गएको माघ ३ गते कार्यभार हस्तान्तरण गरिएको हो । नेपाल बालसाहित्य समाज २०४४ सालमा स्थापित नेपालकै जेठो बालसाहित्यिक संस्था हो ।

यस संस्थाले मुख्यतः बालसाहित्यको विकास र बालसाहित्य मार्पmत पठन सिप, पठन संस्कार र संस्कृतिको विकासका लागि विविध कार्यहरु गर्दै आएको छ । साथै गत माघ २४ गते आयोजित एक कार्यक्रममा नेपाल बालसाहित्य समाजको आर्थिक अबस्थाको प्रतिबेदन प्रस्तुत संगै वर्तमान महासचिवलाई फाईल समेत हस्तान्तरण गरिएको छ । नवगठित नवासको कार्यसमितिको अध्यक्षमा प्रा.डा. ध्रुवकुमार घिमिरे चयन भएका छन् ।

भने, उपाध्यक्षमा प्रमोद प्रधान, महासचिव यशु श्रेष्ठ, सचिवमा डा. यादेवी ढकाल, कोषाध्यक्षमा राजेन्द्रभक्त जोशी चयन भएको वतर्मान महासचिव यशु श्रेष्ठले बताए । उनका अनुसार सदस्यहरुमा उद्धव प्याकुरेल, एकाराम सिं,मन्जु ज्ञवाली, शान्ति सापकोटा, सजनी नौबागे र सुशीला प्रधानाङ् सहित गरी ९ जनाको नयाँ कार्यसमिति निर्माण भएको हो । समाजले नवनिर्वाचित कार्यसमितिलाई स्वागत संगै प्रमाणपत्र समेत दिइएको छ ।

नेपालको बाल साहित्यलाई एक उचाईमा पुराउन नयाँ कार्यसमितिले उल्लेखीय रुपमा काम गर्ने अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरेले बताए । साथै महासचिव यशु श्रेष्ठले नयाँ कार्यसमितिले देशका दुरदराजमा बाल साहित्यको महोत्व, आबश्यकता र बाल साहित्यले बालबालिको पठनसिपमा पार्ने सकरात्मक प्रभावका बारेमा उजार गर्ने लक्ष्य बोकेको बताए ।

बाल साहित्य सिकाउने, विभिन्न गतीविधि संचालन गरिने, विभिन्न निकाय संग समन्वय गरी बाल साहित्यको उजार तथा संरक्षण गरी रहेक बालबालिकालाई बाल साहित्यको पहुँचमा ल्याउन समाजले उल्लेखीय भुमिका खेल्ने र त्यसमा सबैले साथ सहयोग गर्ने समाजका नयाँ पदाधिकारीको प्रतिबद्धता छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस