
काठमान्डौ ः प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
गत फागुन ३ गते प्रधानमन्त्री चयन भएका ओलीले ११ दिनपछि आज माओवादी केन्द्रका दुई र एमालेका दुई गरी चार जना मन्त्री थपेका हुन् । चारैजनाले सोमबारै राष्ट्रपति कार्यलय शीतलनिवासमा सपथ लिएका छन् ।
योसँगै ओली नेतृत्वको मन्त्रिपरिषद् सात सदस्यीय भएको छ । विस्तारित मन्त्रिपरिषदमा एमालेका ईश्वर पोखरेल र डा. युवराज खतिवडा छन् भने माओवादीबाट रामबहादुर थापा र मात्रिका यादव छन् ।
पोखरेलले रक्षा मन्त्रालयको जम्मेवारी पाएका छन् भने अर्थशास्त्री तथा पूर्वगर्भनर डा. युवराज खतिवडा अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यस्तै, बादलले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् भने यादव उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भएका छन् ।
बादल यसअघि २०६५ सालमा प्रचण्ड नेतृत्वको सरकारमा रक्षामन्त्री भएका थिए भने यादव संसद् पुनर्स्थापनापछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा वनमन्त्री थिए ।
यसअघि एमालेका लालबाबु पण्डित र थममाया थापाले क्रमश स् वातावरण र महिला मन्त्रालयको जिम्मेवारी पाएका थिए ।