
सागर परियार ।
जुम्लामा प्रहरीको कुटाईबाट १३ वर्षिय बालकको मृत्यु भएको छ । गुठिचौर गाउँपालिका ३ निवासी १३ वर्षिय बालक पदम बुढाको प्रहरीको कुटाईबाट मृत्यु भएको हो । गएको माघ १८ गते साथीको मोबाईल चोरेको निउमा मृत्तक बालक पदम बुढालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको थियो । प्रहरी कार्यालयबाट घर फर्किए लगत्तै बालकको खुट्टा र शरिर सुनिएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिइयो ।
प्रतिष्ठानमा चेकजाँचपछि पैतालामा पाईप,र लाठ्ठीले शरिर सुनिएको विरामी पुर्जामा उल्लेख छ । पछि एकाएक श्वासप्रश्वासमा समस्या भई शरिरिमा गहिरो चोटले गर्दा मुटु,फोक्सो तथा मस्तिष्कमा रगत जाम भएर फागुन ५ गते मृत्यु भएको मृत्तकका आफन्तद्धारा जारी विज्ञेप्ती उल्लेख छ ।
प्रहरी कार्यालयबाट आएपछि एकाएक सुनिनु र उपचारमा संग्लन चिकित्सकले पाईप र लाठ्ठीले हानेको देखिएको बताएपछि प्रहरीले शारिरिक तथा मानसिक यातना दिएको खुलेको हो । मोबाईल चोरीको निउमा प्रहरीले षड्यन्त्रमुलक ढंगबाट प्रहरी कार्यालयमा बोलाएर माघ १८ गते मरणासन्न हुने गरी कुटेपछि हात खुट्टा सुनिएर बालक पदम बुढाको फागुन ५ गते उपचारकै क्रममा मृत्यु भएको उनका भिनाजु नाता पर्ने दान बहादुर खत्रीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“नेपालको संविधान २०७२ को धारा (३९) को उपधारा (७) मा बालकलाई कुनै पनि घटनाको विषयलाई लिएर शारिक तथा मानसिक यातना दिन नमिल्ने व्यवस्था छ । तर प्रहरीलेनै मर्ने गरी बालक माथि गरेको जगन्य अपराधले समाज त्रसित भएको छ ।” उचित राहत दोषीलाइ कडा कारबाहि उहाँको माग छ ।
मृत्तक बालकका बाजे धर्मसिंह बुढाले भन्नुभभयो,“प्रहरीबाटै नागरिक असुरक्षित भएका छन् । प्रहरीलाई विश्वास गर्ने वाताबरण पनि छैन् । कानुनी राज्यमा दिनढहाडै जगन्य अपराध भईरहेका छन् कसरी सुरक्षित महसुश गर्ने ।” घटनामा सग्लन्न सबैलाई तत्तकाल कारबाहि गर्न उहाँको माग छ ।
प्रहरीलेनै बालकलाई कुटेको स्वीकार
प्रहरीकै कुटाईबाट १३ वर्षिय बालक पदम बुढाको मृत्यु भएको आफन्तले दाबी गरिरहँदा उता प्रहरी प्रशासनले पनि प्रहरीले बालक पदम बुुुुढालाई शारिरिक तथा मानसिक यातना दिएको स्वीकार गरेको छ । माघ १८ गते मोबाईचोरीको निउमा सोधीखोजी गर्न हिरासतमा ल्याएको बालकलाई प्रहरी जवानले कुटेको जिल्ला प्रशासनले स्वीकार गरेको हो ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भन्नुभयो,“घटनाको प्रकृति हेर्दा मृत्तक बालकलाई प्रहरीले माघ १८ गते शारिरिक तथा मानसिक यातना दिएको सत्य हो । त्यसपश्चात स्वास्थ्यमा खराबी आएर मृत्यु भयो । यस घटनाको छानविनका लागि गृहमन्त्रालयबाटै टोली आउने भएको छ ।”
साथै,बालकलाई शारिरिक तथा मानसिक यातना दिने प्रहरी जवान कृष्ण अधिकारीलाई विहिवार नै निलम्बन गरेको प्रजिअ थापाले उल्लेख गरे । घटनाको सबै प्रकृति हेर्दा प्रहरीलेनै कुटेको देखिन्छ । तर अन्य विषयमा भने अनुन्धान जारी रहने बताए । दोषीलाई आबश्यक कारबाहि तथा पिडित परिवारलाई उचित राहतका लागि प्रदेशको कानुन मन्त्रालय र संघको गृहमन्त्रालयमा पहल निर्णय भएको प्रजिअ थापाको भनाई छ । केन्द्रबाट आएको छानविनटोलीको अनुसन्धान पश्चात बालक कुटपिटमा सग्लन प्रहरीलाई कडा कारबाहि गरिने जनाइएको छ ।
प्रहरी र स्थानीय बीच झडप
बालकलाई कुटेर मृत्युको अबस्थामा पुराउने प्रहरीलाई कारबाहिको माग गर्दै प्रर्दशनमा उत्रेका स्थानीय र प्रहरीबीच विहिबार झडप भएको छ । नाराबाजी गरेर आईरहेका मृत्तकका आफन्तले एकाएक ढुंगामुडा गरेपछि झडप भएको हो । जसमा प्रहरीले ५ हवाई फायर, तथा केहि अश्रुरग्याँस समेत प्रहार गरेको थियो । झडमा परेर मृत्तकका आफन्त ३ जना र प्रहरीका ५ जना गरेर ८ जना घाईते भएका छन् । घाईतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पश्चात घर फर्किएका छन् ।
बार्तापछि आफन्तले शव बुझे
आन्दोलनपछि वार्ता टोली र प्रशासन बीच भएको छलफलले पछि विहिबारनै शबको पोसमार्टम गरेर बुझेका छन् । भने, शुक्रबार दाहासंस्कार गरिने आफन्तले बताएका छन् । प्रशासनले उच्च स्तरीय छानविन समिति गठन गर्ने, तत्तकाल पिडितलाई राहत उपलब्ध गराउने प्रदेश कानुन मन्त्रालय गृहमन्त्रायलयमा अनुरोध गर्ने र कुटपिटमा सग्लन प्रहरीलाई कानुन बमोजिम कारबाहि गर्ने निर्णय पश्चात समहती जुटेको मृत्तकका भिनाजु दान बहादुर खत्रीले बताए ।
उनका अनुसार विहिबारनै प्रतिष्ठानको आइसियुबाट मृत्तक पदम बुढाको लास बुझेर लिइएको छ । भने, शुक्रबार दाहाँसंस्कार गरिने छ । आन्दोलनमा ढुंगामुडा गर्ने लक्ष्य नभएको तर अकस्मात भएको घटना प्रति मृत्तकका आफन्तले क्षमा याचना गरेका छन् । ढुँगामुडा हुदा जिल्ला प्रहरी कार्यालयको भौतिक संरचनामा क्षती भएको छ । माघ १८ गते प्रहरी कार्यालयमा ल्याएर गएको १७ दिनपछि फागुन ५ गते बालकको मृत्यु भएको हो ।