
सागर परियार ।
प्रहरीको कुटाईबाट गुठिचौर गाउँपालिका ३ निवासी १३ वर्षिय पदम बुढा मृत्युको विषयमा थप अनुसन्धान गर्न उच्च स्तरी छानविन समिति गठन भएको छ । शुक्रबार गृहमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले आजै अनुसन्धानका लागि ३ सदस्यीय उच्च स्तरको छानविन समिति गठन गरेको हो । जिल्ला प्रशासन कार्यालय जुम्लाले घटनालाई गम्भीरता पुर्वक लिएर नियमित गरेको पहल स्वरुप शुक्रबारनै छानविन समिति गठन भएको छ ।
गृहमन्त्रालयका उपसचिव अमरदीप सनुवारको नेतृत्वमा ३ सदस्यी छानविन समिति गठन भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने,“घटनाको सत्य बाहिर ल्याउन, पिडितलाई न्याय र दोषीलाई कारबाहिका लागि अनुसन्धान गर्न छानविन समिति गठन भएको छ । केहि दिनमै टोली जुम्ला पुग्छ ।”
केन्द्रिय छानविन टोलीले जुम्लामा करिब १५ दिन घटनाको खोज अनुसन्धान गर्ने प्रजिअ थापाको भनाई छ । साथै पिडित परिवारको राहतका लागि प्रदेशको कानुन मन्त्रालय र संघिको गृहमन्त्रालयमा आबश्यक अनुरोध तथा पहल भईरहेको छ ।
भने, १३ वर्षिय मृत्तक बालक पदम रोकायालाई माघ १८ गरे मोबाईल चोरी भएको भन्दै हिरासतमा ल्याएको त्यस पश्चात शरिर सुनिएर फागुन ५ गते उपचारकै क्रममा मृत्यु भएपछि प्रहरीकै शारिरिक तथा मानसिक यातनाबाट मृत्यु भएको खुलेको हो । भने, यता प्रहरी प्रशासनले पनि प्रहरीले शारिरिक मानसिक यातना दिएको स्वीकार गरेको छ ।
विहिबार प्रशासन र पिडितका आफन्तबीच भएको वार्तापछि तत्तकाल छानविन समिति गठन गर्ने, पिडितलाई राहत उपलब्ध गराउन पहल गर्ने तथा दोषीलाई कारबाहि गर्ने निर्णय भएपश्चात आफन्तले शब बुझेर लिएका थिए । भने शबलाई शुक्रबार दाहाँसंस्कार समेत गरिएको छ ।