जुम्लीसेवा समाज कतारद्धारा गोठीगाउँका अग्निपिडितलाई राहत (राहत दिनेको नाम सहित)

सागर परियार ।
जुम्ली सेवा समाज दोहा कतारको आर्थिक सहयोगमा जुम्ला तिला गाउँपालिका ७ का अग्निपिडितलाई राहत वितरण गरिएको छ । माघ १३ गते आगलागी हुँदा विस्तापित पिडित परिवारलाई आईतबार खाद्यन्न राहत उपलब्ध गराइएको हो ।
गोठीगाउँका ३० घरधुरीका अग्निपिडितलाई प्रतिव्यक्ति एक बोरा चामल,एक कम्लब,पाँच प्याकेट तेल र चार चक्की साबुन गरी प्रतिव्यक्ति ३ हजार ५ सय गरी करिब १ लाख ५ हजार बराबरको राहत वितरण गरिएको छ ।

कर्णालीपोष्ट दैनिक पत्रिका जुम्लाको पहल तथा जुम्ली सेवा समाज कतारका कोषाध्यक्ष बल बहादुर जिसि र संस्थापक सदस्य रुपक सिंजालीको संयोजकत्वमा संकलित राहत आइतबार प्रशासनको समन्वयनमा वितरण गरिएको हो ।
कतारमा बस्ने जुम्ली यूवाहरुले आफ्नो खर्च कटाएर गोठीगाउँका अग्निपिडितलाई पठाएको राहत प्रति प्रशासन,जनप्रतिनिधि तथा अग्निपिडितहरुले प्रंशसा समेत गरेका छन् ।

राहत बुझ्दै अग्निपिडित पर्वलाल रोकायाले विदेशमा बसेर अग्निपिडतको घाउमा मलम लगाएर जुम्ली सेवा समाज कतारले ठुलो मानवियता देखाएको बताए । उनले भने,“आगलागी हुँदा घर सगै अन्नपात सबै जलेर नष्ट भयो । हामी विस्तापित भयो । ओड्ने ओछाउने,खाने केहि छैन् । हाम्रो समस्यालाई बुझ्दै चामल,तेल,कम्बल दिँदा सारै खुसी भएका छौ ।”

पर्वलाल रोकाया संगै ३० घरधुरीका पिडित परिवारले राहत पाउँदा खुसी व्यक्त गरेका छन् । भने,खाद्यन्न राहत पाइ रहेपनि दिर्घकालिन आवास व्यवस्थापको लागि कुनै पहल नभएको गुनासो गरे ।

तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया बुढाले खाडीमा बसेर पनि अग्निपिडितको पिडामा मलम लगाउन सहयोग गर्ने जुम्ली सेवा समाज कतार र समचार लेखन संगै राहतको पहल गर्ने पत्रकारलाई धन्यबाद दिईन् ।

उलने भनिन,“अग्निपिडितलाई राहत, उद्दार तथा दिर्घकालिन व्यवस्थापन कसरी गर्ने भन्ने बारे मुख्यमन्त्री संग पनि छलफल भइसकेको छ । अग्निपिडित सबैका घर अनिवार्य रुपमा लगाएरै छाड्छौ ।”
राहत सानो ठुलो मात्रमा जति भएपनि दुखद अबस्थामा मानवियता देखाउनुनै उदाहरणि काम भएकोले जुम्ली एकता समाज कतारको मानविय कर्मलाई सबैले अनुसरण गर्नुपर्नेमा जोड दिईन् ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले विपद व्यवस्थापन,राहत उद्दारको काम एकै सरकारबाट मात्रै सम्भव नभएको बताए । उनले सरकारको सहयात्रीका रुपमा अग्निपिडितको घाउमा मलम लगाउन जुम्ली सेवा समाज कतारले गरेको सहयोग उदाहरणिय भएको उल्लेख गरे । समचार लेख्ने संगै मानविय कर्म गर्ने पत्रकार र जुम्ली सेवा समाज कतारमा आबद्ध मनकारी यूवाहरुको समाजमा खाँचो रहेको प्रअिज थापाको भनाई छ ।

गोठीगाउँका अग्निपिडितलाई राहत बाड्न थुप्रै आएपनि हाल सम्म कसैले प्रशासन संग समन्वय गरेका थिएनन् । तर पहिलो पटक जुम्ली सेवा समाज कतारले पठाएको राहत वितरणमा प्रशासन संग समन्वय भएकोमा प्रजिअ थापाले धन्यबाद दिए । एकद्धार प्रणालीबाट राहत दिने कुराको कार्यान्वयन कसैले नगरेको समेत उनको भनाई छ ।
उनले भने,“राहत उद्दारमा कुनै एक संस्था र सरकारले गरेर मात्र सम्भव छैन् । यूवा,पत्रकार,नागरिक समाज सबैको हातेमालो हुन जरुरी छ भन्ने सन्देश जुम्ली पत्रकार तथा जुम्ली सेवा समाज कतारले दिएको छ ।”

जुम्ली सेवा समाज कतारका अध्यक्ष बिबिसी जुम्लीले आफ्नै जिल्लाका अग्निपिडितहरुको पिडामा थोरै भएपनि मलम लगाउन पाएकोमा खुसी व्यक्त गरे । उनका अनुसार बैदेशिक रोजगारीका क्रममा कतारमा रहेका जुम्लाका तथा अन्य क्षेत्रका सम्पुर्ण सहयोगी यूवाहरुले राहत संकलन पठाएका हुन् ।

आगामी दिनमा पनि कुनै समस्या पर्दा जुम्ली सेवा समाज कतार सकेजतीको सहयोग गर्न तयार रहेको समेत अध्यक्ष बल बहादुर रोकायाको प्रतिबद्धता छ । साथै कतारमा रहेका सम्पुर्ण जुम्लीहरुको अभिभावकत्व समेत जुम्ली सेवा समाजले ग्रहरण गरिरहेको छ ।

सहयोगीहरुको नामावली

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस