वडापालिका कार्यालयमा अज्ञात समूहद्वारा तोडफोड, सुरक्षामा चुनौती

मानदत्त रावल
तातोपानी गाउँपालिका ५ स्थित वडापालिकाको कार्यालयमा अज्ञात समुहद्धारा सोमबार राती तोडफोड गरिएको छ भने वडापालिकाको शान्ति सुरक्षामा चुनौती देखिएको छ ।
कार्यालय तोडफोड गरी कार्यालयका कम्प्यूटर ल्याप्टप १ थान, ल्याप्टप चार्जर १ थान, मल्टिपलक १ थान, क्याल्कुलेटर १ थान र साधा रजिष्टर ५ थान चोरी भएको वडा सचिव एकराज चौलागाईले बताए । उनले भने कार्यालय तोडफोड गर्ने व्यक्तिहरुले किलाठोक्ने हेम्बर प्रयोग गरी तोडफोड गरी चोरी गरेका छन् । कार्यालय तोडफोड गर्ने व्यक्तिहरुले हेम्बर कार्यालयमै छोडेकाले कसले तोडफोड गरी कार्यालयका सामाग्री चोरी गरेको हो त्यो पत्ता लाग्ने सम्भावना रहेको उनले बताए ।
तातोपानी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष हरिबहादुर डाँगीले घटनाका विषयमा कार्यालय तोडफोड र सामाग्री चोरी भएको विषयमा हाँकु प्रहरी चौकी ऐरेनी लिखित उजुरी गरिएको बताए । उनले घटनाका विषयमा गाउँपालिका र वडापालिकाले पनि छानविन गर्न र घटना दोषीलाई कारवाही गरिने बताए ।


वडापालिकाको कार्यसम्पादन समस्या
वडापालिकाको ल्याप्टप सहित आवश्यक सामाग्री चोरी भएपछि कार्यसम्पादनमा समस्या भएको छ । ल्याप्टपमा पालिकाका केही पुराना तथ्यांक लगायत अन्य अभिलेख राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस