जसपाको समायोजन जिल्ला भेला, अध्यक्षमा उमाशंकर चयन


जुम्ला ः केन्द्रमा नयाँ सरकार बनाउन निर्णायक भनिएको जनता समाजबादी पार्टीको (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित गरिएको छ । जसपामा मुख्यगरी दुइटा धार देखिन्छ ।
अध्यक्ष महन्थ ठाकुरलगायत ओलीलाई नै सहयोग गरेर जान सकिन्छ भनिरहेका छन् भने अर्का अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीइतर गठबन्धन बनाउनुपर्नेमा छन् । संसद विघटक ओलीलाई समर्थन गर्न नसकिने अध्यक्ष भट्टराई र यादवले प्रतिक्रिया दिदै आएका छन् ।
यस्तै केन्द्रमा जसपाको सत्ता समिकरणको तिब्रगतिमा छलफल चलिरहेका बेला जुम्ला भने समाजवादी पार्टी र राष्ट्यि जनता पार्टी नेपाल बीच समायोजन व्यवस्थापन तथा विस्तारको भेला गरेको छ । यसै भेलाबाट जनता समाजवादी पार्टी नेपाल समायोजनको घोषणा गरिएको केन्द्रीय सदस्य नरेन्द्रनाथ योगीले बताए ।
उनले भने सवै नेता कार्यकर्ता एक जुट भएर देशको एक नम्बर पार्टी बनाउने बेला भएको छ । हिजो जनताले नेकपाको नाममा पाँच बर्ष सत्ता सञ्चालन गर्न र देश विकास गर्न भोट दिएका हुन् । तर नेकपा भित्रकै पार्टीका नेता कार्यकर्ताका लागि जनताको मतादेशमाथि बेइमानी गरिएको उनले आक्रोष व्यक्ति गरे ।
उमाशंकर न्यौपानेको अध्यक्षतामा ५५ सदस्सीय जिल्ला पार्टी कमिटि बनाएको छ । समायोजन तथा विस्तार भेलाबाट जिल्ला कमिटि गठन गरिएको हो । जिल्ला पार्टी कमिटिको उपाध्यक्षमा नैनर्सिह कठायत, डिल्लीनाथ योगी र राजेन्द्र सुनार रहेका छन् भने सहसचिवमा विष्णुबहादुर हमाललाई चयन गरिएको जनाएको छ ।
त्यस्तै नारायणदत्त भट्टराईको अध्यक्षतामा २५ सदस्सीय नगरकमिटि पनि गठन गरिएको केन्द्रीय सदस्य नरेन्द्रनाथ योगीले बताए । उनले भने राजु न्यौपानेको अध्यक्षमा महिला जिल्ला समन्वय समिति पनि गठन गरिएको छ ।
एकलौटी पार्टी समायोजनविरुद्ध विरोध
जसपाको केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशको सहइन्चार्ज विरबहादुर शाही, विष्णु भण्डारी, अमितकुमार शाहीलगायतले एकलौटी पार्टी समायोजन गरिएको भन्दै विरोध जनाएका हुन् । केन्द्रीय सदस्य शाहीले भने यसमा हाम्रो ध्यानाकर्षण भएको छ । उनले भने यस विषयमा केन्द्रमा समेत पत्रचार गरेका छौँ । प्रत्येक जिल्ला पार्टी कमिटिलाई प्रभाव पर्ने गरी द्धन्द्ध ल्याएर अर्काे नयाँ कमिटि वा समायोजन गर्नुमा हाम्रो विरोध हो । विरोध पत्र केन्द्रमा पनि पठाएका छौँ ।
बाहिरी जिल्लाका प्रदेशमा बाहिरी कार्यकर्ता नेता आउने नआउने र बैठक भेला सम्मेलनमा पार्टीले भन्दा व्यक्ति हावी भएको देखिएकाले विरोध जनाउनु परेको उनले बताए ।
केन्द्रीय पार्टीले २०७७ मा प्रकाशन गरेको घोषणा पत्र विद्यान समायोजन निर्देशिका अनुरुप जानु भन्दा मनपरी हस्तक्षपकारी ढंगले पार्टी चलाउन खोजिएको उनले आरोप लगाएका छन् । त्यस्तै प्रदेश समायोजन घोषणा गर्दा दुवै पक्षका कमिटि फाइल लुकाइएको थियो ।

तपाईको प्रतिक्रिया