टोप्लाको कालिका माविको छाना हावाहुरीले उडाएपछि विद्यार्थी खुला आकाशमुनि

जुम्ला ः जुम्लाको तातोपानी गाउँपालिका ८ टोप्ला गाउँको काविका माध्यामिक विद्यालयको छाना विहिबार हावाहुरी उडाएपछि विद्यार्थी खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।
आइएसी एजि अध्ययनसमेत हुने माध्यामिक विद्यालयको छाना हावाहुरी उठाएको हो ।
त्यसैगरी गाउँ नजिक खोलाको किनारमा रहेको कुटानीपीसानी मिलको पनि हावाहुरीले छाना उडाएको स्थानीय हरिबहादुर शाहीले बताए । उनले भने हावाहुरी उठाएका जस्ता पाता लागेर स्याउको विरुवा गाईबस्तुलाई पनि क्षति पुगेको छ ।
हावादुरीले विद्यालयको सवै छाना जस्तापाता उठाएपछि विद्यार्थीलाई खुला आकाशमुनि बसेर पढ्नु पर्ने बाध्यता आइपरेको छ । यो समस्यालाई समाधान गर्न स्थानीय बासीले सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस