चार जना मन्त्री पुन: नियुक्त

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सांसद पदबाट मुक्त गरिनुभएका चारजना पूर्वमन्त्रीहरूलाई पुनः मन्त्री पदमा नियुक्त गर्नुभएको छ ।

माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गर्नुभएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री ओलीले पुनः मन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले आजै साँझ नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउने बताउनुभयो । एमाले केन्द्रीय सदस्यमा मनोनीत हुनुभएका उहाँहरुलाई माओवादी केन्द्रले दलबाट निष्कासनको कारबाही गरेको थियो ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस