प्रचण्ड र माधव नेपालबिच गोप्य वार्ता


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा पाएमालेका नेता माधवकुमार नेपालबिच गोप्य वार्ता भएको छ ।

कोटेश्वर खरिबोट स्थित नेता नेपाल निकट केन्द्रीय सदस्य पार्वती थापाको घरमा प्रचण्ड माधव नेपालबिच भेटवार्ता भएको हो । बिहान भएको वार्तामा माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाश पनि सहभागी थिए ।

भेटमा पछिल्लो राजनीतिक परिवेश र भावी रणनीतिबारे छलफल भएको स्रोतले बतायो । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा शनिबार सर्वदलीय बैठक बस्दैछ । त्यसअघि नेपाल र प्रचण्डबिच वार्ता भएको हो ।

तपाईको प्रतिक्रिया