
जुम्ला ।
नेपाल पत्रकार महासंघ शाखा जुम्लाको पहिलो पुर्ण बैठक सम्पन्न भएको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक विभिन्न महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको हो ।
पत्रकार महासंघ जुम्लाको खातामा हस्ताक्षर गर्ने,कार्यालय व्यवस्थापन,पत्रकारको क्षामता अभिबृद्धि,स्थानीय तहसंग आबश्यक समन्वय र सहकार्य गर्ने, पुर्वअध्यक्ष तथा केन्द्रिय सदस्यलाई सम्मानजनक बिदाई गर्ने, असार पहिलो साताभित्र पत्रकार महासंघको मुखपत्र कोशेली प्रकाशसन गर्ने लगायतका विभिन्न महत्वपुर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको पत्रकार महासंघका नवनिर्वाचित सचिव मानदत्त रावलले बताए ।
उनका अनुसार कार्यसमितिको बैठक प्रत्यक २ महिनाको अन्तरमा बस्ने र आबश्यकता अनुसार कोर कमिटिले जतिबेला पनि बैठक गर्ने लगायतका विभिन्न महत्वपुर्ण ९ वटा निर्णय भएका छन् ।
नवनिर्वाचित अध्यक्ष नेत्र बहादुर शाहिले पहिलो बैठकबाट गरिएका निर्णय कार्यान्वयनका लागि महासंघका पदाधिकारी तथा अन्य सरोकारवाला निकाय संग समन्वय साझेदारी गरी अघि बढ्ने बताए । उलने भने,“नयाँ निर्वाचित कार्यसमितिलाई अबसर संगै चुनौतीहरु खडा भएका छन् । तीन वर्षे कार्यकाललाई अर्थपुर्ण नमुना बनाउन सबै पदाधिकारीको महत्वपुर्ण भुमिका रहने छ ।”
जुम्लाको पत्रकारितालाई नयाँ आयाम दिन पत्रकारहरुको क्षमता अभिबृद्धि देखि विट पत्रकारिता र प्रोत्साहन कार्यक्रमलाई अघि बढाइने लक्ष्य राखिएको अध्यक्ष शाहिको भनाई छ ।
पर्यटन,शिक्षा,कृषि,रोजगार, महिला शसक्तिकरण, लगायत जातीय विभेद छुईप्रथा,आर्थिक अनियमितता,विकास निर्माण तथा स्थानीय सरकारले गरेका राम्रा काम र पाँच वर्षे कार्यकालमा हुन सकेका कामहरुको सत्य तथ्य सहित नागरिक सामु ल्याउन महासंघकाृ नयाँ कार्यसमितिले मिसन पत्रकारितालाई समेत अघि बढाईन कार्ययोजना बनाइएको छ ।
बैठकमा उपस्थित महासंघका निर्वाचित सदस्य सुर्य अधिकारीले निर्णयहरुको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । विगतमा पनि यस्तै विभिन्न महत्वकाँक्षी निर्णय गर्न तर कार्यान्वयन फितलो हुने संस्कारको अन्त्य गर्दै थोरै निर्णय तर कार्यान्वयनमुखी हुनु पर्नेमा जोड दिए । सबै सहभागीले निर्णय कार्यन्वयनमा सबै पदाधिकारी उत्तिकै जिम्मेवारी हुनुपर्ने बताएका छन् ।
पहिलो बैठककमा महासंघका निर्वाचित पदाधिकारी,प्रदेश प्रासद तथा केन्द्रिय पारषदको सहभागिता रहेको थियो ।