थापालाई गृहमन्त्रीमा नियुक्त, आजै शपथ हुने

काठमाडौँ । राष्ट्रपति बिद्यादेवी भण्डारीले रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा नेतृत्वमा २०७४/११/३ गते गठित मैजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा थापालाई मन्त्री पदमा नियुक्त गरी गृह मन्त्रालयको कार्यभार तोक्नु भएको हो ।

नेकपा एमालेको नेता एवम् नवनियुक्त मन्त्री थापाको आजै साँझ ५:०० बजे राष्ट्रपति भवनमा शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस